site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बोल्टनको बर्खास्तीले अेमरिकासँगको वार्ता अगाडि बढ्न सक्दैन: इरान
Sarbottam CementSarbottam Cement

इरानले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाकार जोन बोल्टनको राजीनामाले तेहरान र वासिङटनबीचको वार्तालाई अगाडि बढाउने नसक्‍ने बताएको छ । अमेरिकी राष्ट्रपतिले मंगलबार बोल्टनलाई पदबाट बर्खास्त गरेको बताएपछि इरानले बुधबार यस्तो अभिव्यक्ति दिएको हो । बोल्टनले भने आफूले राजीनामा दिएको तर, बर्खास्त नगरिएको दाबी गरेका छन् । 

इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले आफ्नो मुलुकमाथि गरिएको 'अधिक दबाब' को नीतिलाई अन्त्य गर्नुपर्नेसमेत बताएका छन् । इरानको टेलिभिजन च्यानलसँगको कुराकानीमा रुहानीले आवश्यक परेमा सन् २०१५ मा गरिएको परमाणु सम्झौताका विषयमा गरिएको प्रतिबद्धता हटाउने सक्नेसमेत बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

संयुक्त राज्य अमेरिका भने गत वर्ष उक्त परमाणु सम्झौताबाट बाहिरिएको थियो । उक्त सम्झौता अनुसार विश्व व्यापारमा पहुँच स्थापित गराएमा इरानले आफ्नो आणविक कार्यक्रम खारेज गर्ने कुरा उल्लेख गरिएको थियो । अमेरिकाले इरानको सम्पूर्ण तेल निर्यात बन्द गर्ने उद्देश्यले इरानमाथि प्रतिबन्ध लगाएको छ, जसलाई इरानले "अधिक दबाब' भनेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने नयाँ सम्झौताका लागि आफू इरानसँग वार्ता गर्न तयार रहेको बताएका छन् । तर, इरानले भने आफूमाथिको प्रतिबन्ध नहटाएसम्म वार्ता सम्भव नभएको बताएको छ । 

Global Ime bank

जर्ज डब्लु बुसको प्रशासनमा वरिष्ठ पदमा रहेर काम गरेका बोल्टनले मंगलबार पद त्याग गरेका छन् । ट्रम्पले भने ट्वीट गरेर बोल्टनलाई बर्खास्त गरेको बताएका छन् । 

इरानको सरकारी सञ्‍चारमाध्यम आईआरएनएले तेहरानका संयुक्त राष्ट्रसंघीय प्रतिनिधि मजिद ताक्टेराभान्चीलाई उदृत गर्दै लेखेको छ, "संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार विभागका प्रमुख जोन बोल्टन र राष्ट्रपति ट्रम्पको प्रशासनले इरानलाई अमेरिकासँग वार्ताका लागि आह्वान गर्न मिल्दैन ।"

आईआरएनएका अनुसार इरानमाथिको प्रतिबन्ध फुकुवा नहुन्जेलसम्म कुनै पनि किसिमको वार्ता सम्भव छैन ।
रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC