देश
काठमाडौं । काठमाडौंमा एक बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । नुवाकोट घर भएकी ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–३ जितपुर फेदी बस्ने अछाम घर भएका दान बहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । शाहीले बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६ १२:५४
प्रतिक्रिया दिनुहोस्