site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विवादास्पद ‘मिडिया काउन्सिलसम्बन्धी’ विधेयक’मा राष्ट्रियसभामा छलफल सुरु भएको छ । सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्य बताउँदै सञ्चार गृहहरूलाई समेत तहलगाउने दुर्नियत राखेर सरकारले यो र अरू कानुन बनाउन खोजेको देखिएको छ । तर्साएर तह लगाउने सरकारी मनसाय दण्ड जरीवानाका दफामा स्पष्टै देखिन्छ  भने काउन्सिल गठन गर्ने दफाले सर्वसत्तावादी मानसिकताको पुष्टि गरेको छ । यसैले विधेयकको चर्कै विरोध नागरिक समाजमा भएको छ । विपक्षी दलको विरोधमा पत्रकार महासंघलगायत नागरिक समाजको आवाज ध्वनित भएकोे हुनुपर्छ । तर, विधेयकको निषेधकारी दुर्नियतप्रति विपक्षी दलको ध्यान गएको भने देखिएको छैन । सम्भवतः प्रेस स्वतन्त्रता नियन्त्रण भएमा आफू पनि आलोचनाबाट जोगिने सपना विपक्षका राजनीतिक नेताहरूले पनि देखेका होलान् । यसैले उनीहरू लोकतान्त्रिक मान्यता विपरीतको नियन्त्रण र निषेधको दुर्नियत राखी मसौदा गरिएको विधेयकमा छलफल गर्न विपक्ष तयार भएको हुनुपर्छ । 

निषेधको दुर्नियत राखेर मसौदा गरिएकाले संसद्मा विचाराधीन ‘मिडिया काउन्सिलसम्बन्धी‘ विधेयक चर्चामा आउनेबित्तिकै विवादमा पनि तानिएको हो । सरकारसँग सुविधाजनक बहुमत छ र संसद्मा उदार लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक शक्तिको प्रतिनिधित्व छैन । यसैले मिडिया काउन्सिलसम्बन्धीमात्र हैन अरू पनि अनुदार सर्वसत्तावादी कानुन बनाउन कम्युनिस्ट पार्टीको सरकारलाई कठिन पर्दैन । यसैले सामाजिक सञ्जालको प्रभाव र व्यापकताबाट तर्सेका राजनीतिक नेताहरू पत्रकारितालाई समेत सँगै तह लगाउन चाहन्छन् भन्ने चाहिँ यस विधेयकको प्रस्तावना र संरचनाबाट स्पष्ट हुन्छ । विधायिकाले व्यक्ति वा समूह विशेषप्रति दुर्भावना राखेर निषेधको तगारो तेस्र्याउन मसौदा गरिएको विधेयकको मूल भावना नसच्याउन्जेल केही बुँदामा हेरफेर गर्दैमा यो विधेयक सर्वस्वीकार्य सकारात्मक बन्न सक्तैन ।  

Prabhu Bank
Agni Group
NIC Asia

मूलतः विपक्षले मिडिया काउन्सिलको गठन र दण्ड, जरिवानासम्बन्धी व्यवस्थामा विरोध गरेको देखियो । ती विषयमा सत्तारुढ दलकै नेताहरू पनि गाल टार्न चाहन्छन् भन्ने नेकपा (नेकपा)का सांसदहरूले नै संशोधन दर्ता गराएकाले स्पष्ट हुन्छ । तर, उदार लोकतान्त्रिक मूल्य मान्यताको सम्मान गर्ने हो भने पत्रकारितालाई सामाजिक सञ्जालसँग जोड्न खोज्नु नै हुँदैन । प्रचलित कानुनअनुसार सञ्चार माध्यमका रूपमा दर्ता भएका छापा र विद्युतीय सञ्चार माध्यमको नियमन सञ्चार माध्यमसम्बन्धी ऐनबाटै गर्नुपर्छ । व्यक्ति विशेषको गालीबेइज्जतीसम्बन्धी विषयमा गाली बेइज्जतीसम्बन्धी ऐनबाटै सम्बोधन गर्नुपर्छ । एकातिरको कसुरलाई अर्कै कानुनबाट तह लगाउने सोच अनुदार सर्वसत्तावादी प्रवृत्ति हो । जरिवाना हटाउने वा कम गर्ने, पत्रकारको योग्यता तोक्नेजस्ता संशोधन झट्ट हेर्दा उपयुक्त लागे पनि एक्काइसौं शताब्दीको समाजका सन्दर्भमा हास्यास्पद सिद्ध हुन्छ । 

औपचारिक शैक्षिक योग्यताले व्यक्तिलाई कुशल र इमानदार बनाउने हैन । औपचारिक शिक्षाको प्रमाणपत्र लिएर कुनै परीक्षा उत्तीर्ण हुनेबित्तिकै व्यक्ति योग्य र इमानदार हुन्छ भन्ने ठान्नेहरूले नेपालको निजामती सेवालाई हेरून् । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण भएकाहरू नै अनुपातमा सबैभन्दा बढी भ्रष्ट र निकम्मा साबित भएका छन् । यस्तै, संसारका ठूला विश्वविद्यालयहरूमा औपचारिक शैक्षिक प्रमाणपत्र नभए पनि प्राध्यापनका लागि आमन्त्रित हुनेहरूको संख्या बढ्दो छ । योग्यता र इमानमात्र हैन प्रज्ञाको पनि प्रमाणपत्रसँग खासै सम्बन्ध हुँदैन । शैक्षिक प्रमाणपत्रलाई कसी बनाउने हो भने अहिलेका कतिपय विख्यात पत्रकारले यो पेसै अपनाउन पाउने थिएनन् । दुर्नियत राखेर मसौदा गरिएको विधेयकको केही दफामा गरिने संशोधनले समाजको भलो र युगको प्रतिनिधित्व गर्न सक्तैन । समाजको भलो गर्न र समयको पदचाप सुन्न नसक्ने विधि वा निषेधका व्यवस्था दिगो पनि हुनसक्तैन । तैपनि, थोरै समयमैमा त्यसले धेरै क्षति गर्छ भन्नेमात्रै चिन्ताको विषय हो । 

Global Ime bank

मिडिया काउन्सिललाई दण्ड दिने अधिकार सम्पन्न बनाउने र सरकारको तजबिजमा अध्यक्ष र सदस्य नियुक्त हुने व्यवस्थालाई विधिको शासनको मर्म अनुकूल भन्न मिल्दैन । त्यो त कानुनबमोजिमको हुकुमी शासन हो । पहिलो त त्यस्तो निकायलाई न्यायिक अधिकार दिँदा बढी नै दुरुपयोग हुने गरेको छ । दोस्रो, काउन्सिललाई अर्धन्यायिक निकाय बनाउन खोजिएको हो भने त्यसमा न्यायिक पृष्ठभूमिकै पदाधिकारी नियुक्त हुने प्रावधान हुनुपर्थ्यो । हालको प्रेस काउन्सिलको साख न्यायाधीशको साटो पत्रकारलाई अध्यक्ष बनाइन थालेपछि खस्कँदै गएको र संसारका धेरै देशमा सर्वोच्च अदालतका बहालवाला वा पूर्वन्यायाधीश अध्यक्ष हुने प्रचलनप्रति पनि मिडिया काउन्सिलसम्बन्धी विधेयक मसौदा गर्दा जानजान बेवास्ता गरिएको देखिन्छ । यसैले यो विधेयक जसरी पारित गरिए पनि यसले नेपालको पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता र समग्र सञ्चार कर्ममा दूरगामी नकारात्मक प्रभाव पार्नेछ । 
   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC