site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाटन दरबार क्षेत्रमा दर्शनार्थीलाई सुरक्षा
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा पाटन दरबार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । लाखौँ हिन्दूधर्मावलम्बीले दर्शन गर्ने कृष्ण मन्दिरमा भक्तजनको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ ।  

बिहीबार रातिदेखि पाटन दरबार सङ्ग्रहालयमा भक्तजनको घुइचो लाग्ने भएकाले सुरक्षाकर्मी परिचालन गरिने महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कृष्णको दर्शन गर्न भक्तजन आजैदेखि लाम लागिसकेका छन् । राति १ बजे भगवान् कृष्णको नित्य पूजा समाप्त भएपछि दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्छ ।  

भक्तजन बढ्ने भएपछि रातिदेखि नै लाम बस्ने गरेको स्थानीय काली श्रेष्ठले बताए । पाटनस्थित मङ्गल टोल सुधार सङ्घले व्यवस्थापनका लागि करीब ३०० सदस्य तथा अन्य सङ्घसंस्थाले समेत झण्डै ३०० स्वयमसेवक खटाउने निर्णय गरेको सङ्घका सचिव रविदर्शन धारीले बताए । 

Global Ime bank

मन्दिर पुनःनिर्माण गरिएपछि दुई वर्षदेखि भक्तजनलाई मन्दिरमै गएर दर्शन गर्न दिन थालिएको उनले बताए । - रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC