जुलाईदेखि नियन्त्रणमा रहेको इरानी तेल ट्यांकर जिब्राल्टरबाट अघि बढेको छ । सिरियातर्फ जान लागेको आशंकामा उक्त तेल ट्यांकर ब्रिटिश जलसेनाको सहयोगमा जिब्राल्टरमा नियन्त्रणमा लिइएको थियो ।
मेराइन ट्रयाकिङका अनुसार उक्त ट्यांकर पूर्वी क्षेत्र मेडिटेरेनियनतर्फ अघि बढेको छ । उक्त ट्यांकरको नाम ग्रेस-१ बाट परिवर्तन गरेर एड्रियन डार्या-१ राखिएको छ । यसअघि अमेरिकाले फेरि पनि इरानी तेल ट्यांकर नियन्त्रणमा लिनका लागि अमेरिकाले गरेको आग्रह जिब्राल्टरले अस्वीकार गरेको छ । जिब्राल्टरले पक्राउ आदेश हटाएको एकदिनपछि अमेरिकाले शुक्रबार जिब्राल्टरलाई पत्र लेख्दै इरानी तेल ट्यांकर नियन्त्रणमा लिन आग्रह गरेको थियो ।
जिब्राल्टरले वासिङ्टनको आग्रहमा फेरि पक्राउ आदेश जारी गर्न नसकिने बताएको छ । किनकी अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध युरोपियन युनियनमा लागू हुँदैन । तेहरानले एड्रियन डार्या-१ का लागि जल सेनाको स्कर्टिङ पनि तयारी अवस्थामा रहेको बताएको थियो ।
गत जुलाईमा नियन्त्रणमा लिएका बेलायती ट्यांकर अहिले पनि इरानकै नियन्त्रणमा छन् । ग्रेस-१ लाई जिब्राल्टरबाट फिर्ता पठाइएपछि बेलायती ट्यांकर पनि रिहा हुने अपेक्षा गरिएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ताले सोमबार आफूहरु अदालतको आदेशको पर्खाइमा रहेको बताएका छन् । उनले भने, "तर, दुई तेल ट्यांकर नियन्त्रणबीच कुनै किसिमको सम्बन्ध नभएको बताएका छन् ।" उनले अन्तर्राष्ट्रि पानीमा यात्रा गरिरहेका तेल ट्यांकरलाई नियन्त्रणमा लिने प्रयास नगर्न समेत चेतावनी दिएका छन् ।
बीबीसी