site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३० हजार मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन

काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो अमेरिकामा फैलिइरहेको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।

दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले ३० हजार मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको बताएका छन् । जंगलको आगलागीबाट १३ हजार भवन जोखिममा छन् ।

केही भिडियो फुटेजले प्यासिफिक पेलिसाडेस क्षेत्रका घरहरू नजिकबाट बाक्लो धुवाँ निस्किरहेको देखाएको बीबीसीले जनाएको छ । यहाँ बसोबास गर्ने मानिस आफ्नो घर र सवारीसाधन छोडेर भागेको फुटेजमा देखिन्छ ।

क्यालिफोर्नियामा लाखौं मानिसका लागि चेतावनी जारी गरिएको छ । आगो अझै फैलिने खतरा रहेको समाचारमा जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro