site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फसेका झन्डै ४०० जनाको उद्धार, ४.४ म्याग्निच्युड माथिका ५०० परकम्प मापन

काठमाडौं । तिब्बतमा भूकम्पका कारण फसेका झन्डै ४०० जनाको उद्धार गरिएको छ । भूकम्पको दोस्रो दिनसम्म आइपुग्दा ३० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

भूकम्पबाट तिब्बतको शिगात्से क्षेत्रका तीनहजार ६०९ घर नष्ट भएको अनुमान गरिएको रोयटर्सले जनाएको छ । यस क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि ५०० भन्दा बढी उद्धारकर्मी र १०६ एम्बुलेन्स तैनाथ गरिएको छ ।

भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको छ । यस्तै, १८८ जना घाइते भएका छन् । 

गए राति उच्च हिमाली क्षेत्रको तापक्रम –१८ डिग्री सेल्सियसम्म झरेको थियो । अत्यधिक चिसोका कारण भूकम्पपीडितलाई थप समस्यामा पारेको थियो ।

चीन सरकारले मंगलबार नै भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, विद्युतीय जेनेरेटरसहितका सामग्री पुर्‍याइसकेको छ । त्यस्तै, भत्किएका सडकहरू मर्मतपछि पुन: सञ्चालनमा ल्याइएको छ ।

चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार, बुधबार बिहानसम्म ४.४ म्याग्निच्युडका ५०० भन्दा धेरै परकम्प गएका छन् ।

नेपाली समय अनुसार, मंगलबार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का नेपाल, भुटान र भारतमा पनि महसुस गरिएको थियो । तर, यी क्षेत्रमा मानवीय क्षति भएको छैन ।

रोयटर्सबाट ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro