site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इबोला रोगका लागि प्रयोग गरिएका औषधीको ९० प्रतिशत सफलता, विज्ञ भन्छन्– राम्रो खबर 
Sarbottam CementSarbottam Cement

वाशिङटन । इबोला भाइरसका कारण हुने रोगका लागि बनाइएका औषधीहरुको परीक्षणमा सफलता मिल्दै गएकोले अब सो रोग उपचार हुन सक्ने रोगमा परिणत हुन लागेको वैज्ञानिकहरुले बताएका छन् ।  उनीहरुका अनुसार यो रोगका बिरामीलाई परीक्षण गर्दा ती औषधीहरुमा ९० प्रतिशत सफलता प्राप्त भएको छ । 

उनीहरुका अनुसार डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा सोे रोगका बिरामीका लागि चार वटा औषधीको परीक्षण  गरिएको थियो । ती मध्येका दुई आरइजीएन –इबी ३ र एमएबी ११४ नामका औषधी सो रोगको उपचारका लागि प्रभावकारी देखिएका छन् ।  अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज(एनआइएआइडी)ले सो परीक्षणको सहप्रायोजन गरेको हो । सो कम्पनीले इबोला विरुद्धको लडाईमा यो राम्रो खबर भएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सो रोगबाट गएका वर्षमा कंगोमा १,८०० मानिसको मृत्यु भएको थियो । कम प्रभावकारी भएका कारण जेडमाप र रेमडेसीभीर नामका दुई औषधीको प्रयोग भने बन्द गरिएको जनाइएको छ । अहिले पूर्वी कंगोमा यो रोगको प्रकोप फैलिएको छ भने यसअघि गुयना, लाइबेरिया,सियरालियोन लगायतका देशमा गरेर अहिले सम्म ११ हजार ३१० जना मानिसको मृत्यु भइसकेको छ ।

यो सरुवा रोग सबैभन्दा पहिला सुडान र कंगोमा सन् १९७६मा देखा परेको हो । यो रोग लाग्दा ज्वरो आउने, घाँटी दुख्ने, मांशपेशीमा पीडा हुने, वान्ता तथा पखाला लाग्ने र केही दिनमा नै मानिसको मृत्यु हुने लक्षण देखिँदै आएका थिए । (बीबीसी तथा एजेन्सीको सहयोगमा)

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC