site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजधानी भएकै जिल्लामा विकास खर्च कमजोर, कम बजेट प्राप्त गर्ने जिल्लाको भने बढी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । प्रदेश १ मा प्रदेश राजधानी भएकै जिल्लाको पूँजीगत खर्च गर्ने क्षमता निकै कमजोर देखिएको छ । प्रदेश सरकारले जिल्लागत रुपमा विनियोजन गरको पूँजीगत खर्चतर्फ राजधानी विराटनगरसमेत रहेको मोरङ खर्च क्षमता बजेट विनियोजन भएको अनुपातमा निकै कमजोर देखिएको हो । 

आर्थिक वर्ष २०७५-०७६ को लागि प्रदेश सरकारकातर्फबाट मोरङमा कूल पूँजीगततर्फ ७ अर्ब २७ करोड ९२ लाख ५० हजार विनियोजन भएकोमा जम्मा दुई अर्ब ९२ करोड ४४ लाख खर्च भएको छ । यो विनियोजित पूँजीगत बजेटको ४० दशमलब १८ प्रतिशत मात्र हो । चालु खर्चसमेत जोड्दा मोरङले ४७ दशमलब ३४ प्रतिशत मात्र खर्च गर्न सकेको छ । चालूतर्फ १२ अर्ब १९ करोड ७८ लाख विनियोजन भएकोमा जम्मा ६ अर्ब २९ करोड रुपैयाँ खर्च भएको छ । यो विनियोजित बजेटको ५१ दशमलव ६२ प्रतिशत हो ।

प्रदेश लोखा नियन्त्रक कार्यालयका अनुसार खर्च गर्ने क्षमता धनकुटाको अधिक देखिएको छ । पूँजीगततर्फ यो जिल्लाले जम्मा ८४ दशमलव ५९ प्रतिशत पूँजीगत खर्च गरेको छ । धनकुटाको लागि यो शीर्षकमा जम्मा ८५ करोड ५५ लाख बजेट छुट्याइएको थियो । चालुसमेत यो जिल्लाले ८० प्रतिशत खर्च गरेको छ । तेह्रथुमले पूँजीगत र चालू दुबै गरी सबैभन्दा धेरै ८३ दशमलव ८२ प्रतिशत बजेट खर्च गर्न सकेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख कृष्ण पोखरेलका अनुसार प्रदेश मन्त्रालय र अन्य संरचनासमेत रहेको मोरङमा सबैतर्फको बजेट अधिक छुट्याइएको भए पनि खर्च भने सोहीअनुरुप हुन नसकेको हो । उनले भने,‘‘जुन मात्रामा बजेट छुट्याइएको थियो सोहीरुपमा खर्च हुन नसकेको देखिन्छ ।’’ उनले जिल्लागत रुपमा हेर्दा पनि बजेटअनुसार खर्च गर्ने परिमाण मोरङको कमजोर देखिएको बताए । 

समानीकरण अनुदानतर्फ भने ५० करोड प्राप्त भएकोमा मोरङले शतप्रतिशत खर्च गर्न सकेको छ । यसैगरी सशर्त अनुदानतर्फ प्राप्त ३ अर्ब २३ करोड ८० लाखमा ९८ दशमलव ७६ प्रतिशत खर्च भएको छ । दुबै अनुदानतर्फको कूल खर्च प्रतिशतमा प्राप्त बजेटको ९८ दशमलव ९३ प्रतिशत हो । 

Royal Enfield Island Ad

पूँजीगततर्फ सबैभन्दा थोरै बजेट प्राप्त गरेको ताप्लेजुङले जम्मा ७७ दशमलव ७५ प्रतिशत खर्च गरेको छ । रु. १७ करोड ५७ लाख ३१ ह्जार पूँजीगत बजेटमध्ये यो जिल्लाले १३ करोड ६६ लाख २९ हजार खर्च गर्न सकेको तथ्यांकले देखाएको छ । 

संखुवासभा जिल्लाको खर्च गर्ने क्षमता पनि निकै कमजोर देखिएको छ । पूँजीगततर्फ यो जिल्लाले जम्मा ४९ प्रतिशत मात्र रकम खर्चेको छ । संखुवासभामा पूँजीगत बजेट रु. १ अर्ब १३ करोड ४६ लाख ४२ हजार छुट्याइएको थियो तर खर्च ५ करोड ६४ लाख मात्रै हुन सकेको छ । चालुतर्फको गरी संखुवासभाले जम्मा ५५ प्रतिशत बजेट खर्च गरेको छ । 

पाँचथरले ७९ दशमलव १४, इलामले ७६ दशमलव ५४, भोजपुरले ५५ दशमलव १२ प्रतिशत पूँजीगत खर्च गरेको छ । भोजपुर मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला हो । यसैगरी खोटाङले ८२ दशमलव ७२, सोलुखुम्बुले ७९ दशमलव ५०, ओखलढुंगाले ५८ दशमलव ३४, उदयपुरले ६५ दशमलव ०१, झापाले ६७ दशमलव ५१ र सुनसरीले ७८ दशमलव ७८ प्रतिशत पूँजीगत(विकास) बजेट खर्च गरेका छन् ।

प्रदेशको कूल वार्षिक विनियोजन ३६ अर्ब ४३ करोड १० लाख मा कूल खर्च २१ अर्ब १८ करोड ३७ लाख छ । पूँजीगत तर्फसमेत प्रदेशले जम्मा ५८ दशमलव १५ प्रतिशत खर्च गरेको छ । जुन ५८ दशमलव ५१ प्रतिशत हो । यो शीर्षकमा जम्मा १९ अर्ब ४४ करोड २६ लाख बजेट विनियोजन भएको थियो । यसमा ११ अर्ब ३७ करोड खर्च भएको छ । चालुतर्फ वार्षिक विनियोजन १६ अर्ब ९८ करोड ८३ लाख रहेकोमा खर्च ९ करोड ८० लाख भएको छ । योे विनियोजित बजेटको ५७ दशमलव ७४ प्रतिशत हो । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro