site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आश्वासन समितिमा गृहमन्त्रीको आश्वासन– निर्मलाको हत्यारा उम्किँदैन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी उम्किन नपाउने र अनुन्धान जारी रहेको बताएका छन् । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा गृहमन्त्री थापाले भने, ‘‘अपराधी कुनै पनि हालतमा उम्किँदैन, अनुसन्धानमा गैरव्यावसायिक कार्य गर्ने प्रहरी निगरानीमा छन् ।’’

कतिपय घटनाको अनुसन्धान जटिल हुने बताउँदै गृहमन्त्री थापाले दुर्भाग्यवश घटना भएको र अपराधी तत्काल पत्ता लगाउन नसकिएको बताए । उनले कतिपय कुरा अनुसन्धानको क्रममै रहेकाले सार्वजनिक गर्न नमिल्ने तर्क गरे । 

एक वर्षमा विभिन्न समितिले घटनाको अनुसन्धान गरेको बताउँदै सफल अनुसन्धानका लागि प्रहरीलाई आवश्यक परिचालन र निर्देशन दिइएको थापाले बताए । गृहमन्त्री थापाले भने, ‘‘सयौं व्याक्तिलाई अनुसन्धानको घेरामा राखेका छौं । नयाँ सूत्रबाट अनुसन्धान अगाडि बढेको छ ।’’ अपराध अनुसन्धान गर्ने विभिन्न तरिका हुने बताउँदै गृहमन्त्री थापाले दीलिप विष्ट लगायतका व्यक्ति डिएनए नमिलेकाले छुटेको बताए । पछिल्लो समय यसबारे सार्वजनिक बहस भइरहेको र त्यसबाट अनुसन्धानलाई सहयोग नै पुग्ने गृहमन्त्रीको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC