site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ नेपाली महिला फुटबल खेलाडीलाई नगद ५० हजारसहित सम्मान
Sarbottam CementSarbottam Cement

 विराटनगर । विराटनगर महानगरपालिकाले साफ महिला फुटबल प्रतियोगितामा उपविजेता नेपाली महिला टोलीलाई सोमबार नगदसहित सम्मान गरेको छ । नेपाली महिला फुटबल टोलीलाई हौसला प्रदान गर्न खेलाडीलाई जनही ५० हजारसहित सम्मानको घोषणा गरिएअनुरुप पुरस्कार प्रदान गरिएको महानगरपालिकाले जनाएको छ । विराटनगरमा आयोजित एक भव्य कार्यक्रमबीच महानगरका प्रमुख भीम पराजुलीले महिला फुटबल टोलीका खेलाडीलाई सम्मान गरे । 

उनले भने,‘‘महिला खेलाडीलाई हौसला प्रदान गर्न र आगामी दिनमा थप जीत हाँसिल गर्न प्रोत्साहन गर्न आवश्यक छ ।’’ उनले खेल जगतको विकासका लागि विराटनगर महानगरले उल्लेख्य काम गर्ने योजनासाथ बजेटमा कार्यक्रम समेटेको पनि बताए । विराटनगरले दिएको  सद्भावसहितको सन्देशले विदेशीले समेत एन्फालाई विश्वास गर्ने वातावरण तय भएको पराजुलीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली महिला फुटवल टिमका कोच हरि खड्काले विराटनगरमा महिला साफ च्याम्पियन्सिपको आयोजना गरेर ऐतिहासिक सफल प्राप्त गरेको बताए । उनले भने,‘‘राम्रो अवसर पाउँदा नेपाली फुटबलका खेलाडीले निक्कै नै राम्रो प्रदर्शन गर्न सक्छन् ।’’ खड्कालाई राज्य तथा स्थानीय सरकारका तर्फबाट भएको सम्मान प्रशंसनीय भएको बताए । 

कार्यक्रममा विराटनगर महानगरपालिका उपमेयर ईन्दीरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी,जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारी लगायतको सहभागिता रहेको थियो । 

Global Ime bank

पाँचौं संस्करणको यस साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता विराटनगरमा गत फागुन २८ गतेदेखि भएको थियो । यस प्रतियोगितामा सार्क राष्ट्रमा आवद्ध ६ देशको सहभागिता रहेको थियो । २०७५ साल चैत्र ८ गते भएको फाइनल खेलमा भारतले आयोजक टिम नेपाललाई ३–१ गोलले हराएर साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो । नेपालले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC