एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको चलचित्र मिसन मंगलको ट्रेलर रिलिज भएको छ । मिसन मंगलको कथा २०१३ मा भएको आइएसआरओ (इण्डियन रिसर्च अर्गनाइजेसन) को मार्स आर्बिटर मिसनमा आधारित छ ।
फिल्म अगस्त १५ मा रिलिज हुँदैछ । करिब २.५० मिनेट लामो ट्रेलरमा मिशन डाइरेक्टर बनेका अक्षय कुमार उर्फ राकेश धवन आफ्नो टिमलाई प्रोत्साहन गर्दै गरेको देखाइएको छ । अक्षयसँगै तारा शिन्दे अर्थात् विद्या वालन पनि फिचर्ड छन् ।
ट्रेलरमा कसरी अक्षयले रोटी पकाउनेलगायतका सामान्य कु्रालाई मगंल ग्रहसँग तुलना गरिएको छ भन्ने पनि देखाइएको छ । ट्रेलरमा अक्षयले बोलेका केही महत्वपूर्ण सवांदहरुले फिल्मप्रति दर्शकको उत्सुक्ता बढाउने देखिन्छ ।
मार्स आर्बिटर मिशन अर्न्तगत मंगलयान ५ नोभेम्बर २०१३ मा लन्च गरिएको थियो । योसँगै भारत मंगल ग्रहमा पाइला टेक्ने चौंथो देश बनेको थियो । यो अभियानको सम्पूर्ण काम सतीश धवन स्पेस सेन्टर श्री हरिकोटा आंध्रप्रदेशको मातहतमा भएको थियो । - दैनिक भास्कर