site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान संशोधनमार्फत दलित शब्द हटाऔँ : वामदेव गौतम
तस्बिर : रासस ।

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधनमार्फत ऐन तथा कानुनबाट दलित शब्द हटाइनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

“हाम्रो डिक्सनरीबाट दलित शब्द हटाइदिऊँ । त्यहाँ छ कि छैन व्यवस्था, छैन भने गरौँ,” उनले भने, “दलित शब्द आउँछ नै भन्नुहुन्छ भने संविधान संशोधन गरेर भए पनि सबै ठाउँबाट हटाउनुप।”

Argakhachi Cement Island Ad

उनले सबै ठाउँबाट दलित शब्द नहटाएसम्म उक्त समुदायमाथिको भेदभाव अन्त्य गर्न नसकिने धारणा व्यक्त गरे । छलफल र बहसको थिचोमिचोले  छुवाछूत र सामाजिक भेदभाव अन्त्य नहुने उनले बताए ।

“...हामीले संविधान बनाउँदा पनि ख्याल गरेनौँ । अब ख्याल भएको छ । त्यो संशोधन हुनुपर्छ,” उनले भने, “दलित समुदाय भन्ने विषय अन्त्य गर्नुपर्छ । यस्तो थिचोमिचो कुरा गरेर भेदभाव अन्त्य हुँदैन ।”

उनले दलित समुदायमाथि विगत २० वर्षदेखि अन्याय भइरहेको उल्लेख गरे । सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

बैठकमा बोल्ने अधिकांश सांसदले दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयक छिटो ल्याउनुपर्ने माग गरे । समितिले संसद्को आउँदो अधिवेशनमा विधेयक पेस गर्ने गरी गृहकार्यमा लाग्न सरकारलाई निर्देशन दिएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्