site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दोस्रो ‘हरर’ लिएर आए अर्पण, बढाउला दर्शकको धड्कन ?
Sarbottam CementSarbottam Cement

सन् १९९७ दार्जिलिङमा अर्पण थापाले हलिउड मुभी ‘इभिल डेड’ हेरे । ‘इभिल डेड’ उनले हेरेको पहिलो ‘हरर’ मुभी थियो । ‘इभिल डेड’ हेरुन्जेल उनी पटकपटक तर्सिरहे । तर्सिएनन् मात्रै, उनी केही डर पनि बोकेर कोठा फर्किए । त्यसै पनि डराउने अर्पण ‘इभिल डेड’ हेरेपछि नडराउने कुरै थिएन । 

अर्पण ‘हरर’ चलचित्र हेर्दा डराउँछन् । तर, साथीसँग बसेर ‘हरर’ चलचित्र हेर्न उनलाई खुब रमाइलो लाग्छ । उनी अहिले पनि डराउँछन् । कोठामा एक्लै बस्न पनि हम्मेहम्मे पर्छ उनलाई । “राति सुत्दा अहिले पनि म बत्ती निभाएर सुत्न सक्तिन । बत्ती बालेरै सुत्छु,” अर्पणले बाह्रखरीसँग भने, “म बत्ती बालेर मात्रै होइन, डरले टीभी पनि अन गरेर सुत्छु । त्यही पनि सुतेँ भने धेरै म राति सुत्दिन ।” तर उनैले ‘हरर’ चलचित्र बनाए । 

तिनै अर्पणले केही समय पहिला ‘सुनकेशरी’ बनाए, अहिले ‘घर’ । उनले कति पटक एक्लै हुँदा झझल्को लागेर देखेका सिन हुन् ‘सुनकेशरी’ र ‘घर’का । “मैले एक्लै बस्दा डरले कल्पना गरेका सिन हुन् ‘घर’ र ‘सुनकेशरी’का । तिनै कल्पनालाई स्क्रिप्टमा रुपान्तरण गरेको हुँ,” अर्पणले सुनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी जसरी ‘इभिल डेड’ हेरेर तर्सिए र डराए । अहिले उनी त्यसैगरी निर्देशक र अभिनेता बनेर अरुलाई तर्साउन र मनमा डर भर्न खोज्दै छन् । “म जसरी तर्सिएँ र डराएँ । सायद अरु पनि म जस्तै डराउनु हुन्छ कि ?,” घर रिलिजको दुईदिन अगाडि भेटिएका अर्पणको अपेक्षा छ । 

‘हरर’ फिल्म हेर्दा कोही तर्सियो मात्रै भने हलबाट बाहिर निस्किएपछि ऊ विस्तारै तर्सिन छोड्छ । तर, डरायो भने त्यो कैयौं दिनसम्म डर बोकेर हिँडिरहन्छ । ‘इभिल डेड’  होस् वा हिन्दी चलचित्र ‘विराना’ हेर्दा अर्पण डर पनि बोकेर घर जान्थे । राति त्यसले तर्साइरहन्थ्यो । निदाएका बेला अचानक झस्किन्थे । तर, उनी डराउनेभन्दा पनि झस्काउने चलचित्र बनाउन चाहन्छन् । उनकै शब्दमा “धेरै तर्साउने थोरै डरारउने ।
अनुसन्धानहरुका अनुसार ‘हरर’ मुभीले मुटुलाई फाइदा गर्छ । झस्किँदा र डराउँदा मुटुको चाल बढ्छ । त्यसले पम्पिङ लेवल बढ्छ र मुटुको एक्सरसाइज हुन्छ । जुन स्वास्थ्यका लागि फाइदा हो ।  

Global Ime bank

मुटुको एक्सरसाइज नै हुन्छ भनेर त अर्पणले ‘हरर’ मुभी बनाएका होइनन् । ‘हरर’ जानरा पनि नेपालमा स्थापित गरौं भन्ने लोभले पनि थोरै काम गर्यो । हलिउड मुभी ‘साइको’ हेरेपछि त्यसले उनलाई असाध्यै लोभ लाग्यो । कारण थियो ‘साइको’ले बि ग्रेडमा दर्ज रहेको ‘हरर’ जानरालाई मेन स्ट्रिममा ल्याएदियो । थ्रिलर ‘हरर’ ‘सिक्थ सेन्स’ले ओस्कार अवार्ड नै जितेपछि अर्पण झनै लोभिए । अर्को पनि कारण रहेछ अर्पणलाई ‘हरर’ले आकर्षण गर्नुको । अक्सर ‘हरर’मा केटाकेटी हुन्थे । सेक्स सिन हुन्थ्यो । अँध्यारोमा खिचिन्थ्यो । भूतले तर्साउँथ्यो । सकिन्थ्यो । त्यसैले ‘हरर’ फिल्मलाई सस्तो फिल्म मानिन्थ्यो । 

तर, विस्तारै सुपर नेचुरल पावरलाई विज्ञानले प्रमाणित गर्दै गएपछि विस्तारै यी कथा ‘हरर’मा भन्न थालियो । त्यही लोभले अर्पणलाई पनि समायो । “साइको हेर्दा यति सानो कथाले कति मजाले दर्शकलाई बाँधेर राख्न सकेको भन्ने लागेको थियो । पछि सिक्स सेन्सले ओस्कार नै जितेपछि मैले पनि एकपटक यो जानरामा प्रयास गर्नुपर्छ भन्ने लागेको थियो,” उनले ‘हरर’मा लोभ पलाउनुको कारण खुलाए ।  

कथा लेख्न थालेपछि अर्पण निर्देशकका रुपमा कथा भन्न पनि थाले । निर्देशन गर्न थालेपछि नेपालमा कसैले पनि भन्न नरुचाएको ‘हरर’मा उनले हात हाले । 

अर्पणले ‘घर’ कस्तो बनाए ? डराउने अथवा तर्साउने ? “अलिअलि डराउने, अलिअलि तर्साउने अनि अलिअलि र यि दुई हुँदाहुँदै मनोरञ्जन पनि दिने,” उनी एकै वाक्यमा जवाफ दिन्छन् । 

‘सुनकेशरी’मा तर्साउने र डर देखाउनेभन्दा पनि धेरै हँसाए भन्ने उनलाई आरोप लाग्यो । यो आरोप किन आयो ? उनले पत्ता लगाए । “नेपालमा ‘हरर’ भन्नेबित्तिकै हार्डकोर नै हुन्छ भन्ने बुझाइ रहेछ । तर, हामीले त्यसमा हार्डकोर नबनाउने भनेर हेवी डार्क सेट प्रयोग गरेका थिएनौं । ब्ल्ड प्रयोग गरेका थिएनौं । लाइट हार्डकोर बनायौं । तर, अडियन्सले यहाँ हार्डकोर ‘हरर’ मात्रै रुचाउनुहुन्छ भन्ने त्यतिबेला मात्रै हामीले थाहा पायौं जुन बेला सुनकेशरी हलमा लाग्यो ।”

नेपालमा ‘हरर’ चलचित्र त्यति धेरै बनेका छैनन् । तर, ‘सुनकेशरी’ हेर्न ठूलै संख्यामा दर्शक आए । “दर्शक छैनन् भन्ने थियो तर रहेछन् । हामीले घरको ट्रेलर हेरेका दर्शकलाई एनालाइसिस गर्दा १४ देखि २६ वर्षसम्मका युवा ‘हरर’का अधिक दर्शक छन् । त्यसमा पनि युवती धेरै छन्,” चलचित्र निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “डार्क सेट, साउन्ड, टोन, भिजुअल इफेक्ट, स्कोर हेर्दा घर ‘हरर’ जानरामा मजाले बनेको छ । दर्शकले इन्जोय गर्न सक्छन् ।” 

चलचित्रको विश्वबजार हेर्ने हो भने दैनिक एकदेखि तीनवटा ‘हरर’ चलचित्रको ट्रेलर रिलिज भइरहेको छ । अमेजन प्राइम, युट्युब होस् अथवा नेटफ्लिक्स हेर्दा ‘हरर’ चलचित्रको बोलावाला छ । तर, नेपालमा यसले भर्खर प्रवेश पाउँदैछ ।  यसअघि ‘माला’ बनेको थियो तर त्यसले नेपालमा यो जानराको जग बसाउन सकेन । 

लभ, एक्सन र कमेडी बनिरहेका बेला ‘हरर’ किन बनेने नेपालमा ? धेरैलाई लाग्छ– ‘हरर’ मुभी अक्सर इनडोर सिनमै सकिन्छ । परिणाम लागत कम हुन्छ । डार्क सेट तयार पार्यो, दुईचार लिटर रगत बगायो । दुईचार जना पात्र भए पुगिहाल्छ । 

तर, यो बुझाइ गलत रहेको अर्पण स्पष्ट पार्छन् । “हेर्दा जति साधारण सोचिन्छ, प्राविधिक हिसाबले सबैभन्दा कठिन ‘हरर’ मुभी बनाउन छ । सानो ठाउँमा धेरै काम गर्नुपर्ने हुन्छ । भूत आएर मात्रै हुँदैन । त्यसको इमोशन र फ्लो पनि चाहिन्छ,” अर्पण भन्छन्, “अढाइ घण्टासम्म एउटै कोठा देखाएर हुँदैन । त्यसमा भेराइटी कसरी देखाउने भन्ने हुन्छ । सिलिङ सिलिङमा भूत हिँड्छ होला । त्यसलाई देखाउन सहज छ ?” 

रोमान्टिक लभ स्टोरी, एक्सन होस् या अन्य कुनै जानरा त्यसलाई विश्वास दिलाउन सुपरस्टार चाहिन्छ । तर ‘हरर’ यस्तो जानरा हो यो आफैँमा स्टारडम बोकेको हुन्छ । जसमा स्टारडम चाहिँदैन, मात्रै कलाकार भए पुग्छ । त्यसैले यो पक्षमा भने अर्पण सेफ साइडमा छन् । सुरक्षा पन्त आफैँमा अभिनयमा अब्बल थिइन् । बेनिशा हमालले पनि आफूलाई प्रमाणित गरिसकेकी थिइन् । अर्पण निर्देशक भएर पनि आफैँ अभिनयमा उत्रिए । 

अर्को पनि फाइदा छ ‘हरर’को । ‘हरर’लाई भाषा र स्थानीयताले खासै अर्थ राख्दैन । राम्रो बनाए मात्रै पुग्छ । एसियाबाट पश्चिमा राष्ट्रमा गएका चलचित्रमा अधिकांश ‘हरर’ नै बिकेका छन् । 

स्वदेशी बजारमा प्रतिस्पर्धा नहुँदा उनलाई जति सहज छ त्योभन्दा ठूलो चुनौती पनि छ । “घरभन्दा अगाडि अरु ‘हरर’ मुभी भएका भए ती भन्दा राम्रो छ कि छैन भनेर दाँजिने थियो । तर, यहाँ अरुका चलचित्र नभएकाले ‘कन्जुरिन’ भन्दा राम्रो छ कि छैन भनेर तुलना हुनेवाला छ । 

तुलना हलिउड र बलिउडसँग हुन्छ । चलचित्र नेपालमा बनाउनु पर्छ । ‘हरर’मा भीएफएक्समा बढी काम हुन्छ । भिजुअल र साउन्ड डिजाइनमा बढी खेल्नुपर्छ । तर, यसमा काम गर्ने दक्ष जनशक्तिको खडेरी छ । “यो समस्या मैले सुनकेशरीमा पनि भोगेँ । घरमा पनि भोेगेँ,” अर्पण भन्छन्, “तर, घरले दर्शकको मन जित्यो भने नेपालमा ‘हरर’को सोलो क्रेडिट मलाई जान्छ होला । अर्को वर्षबाट बर्सेनी दुईचारवटा चलचित्र बन्छन् ।”   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC