site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘पञ्चकोट साहित्य सम्मेलन’को अध्यक्षमा लेकाली  

काठमाडौं । साहित्यकारहरू सम्मिलित एक भेलाले ‘पञ्चकोट साहित्य सम्मेलन’का लागि कार्यसमिति गठन गरेको छ ।

साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षहरूमा नरेन्द्रबहादुर श्रेष्ठ, काजी रोशन, प्रेम छोटा र मन्जिला अनिल रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, सम्मेलनको महासचिवमा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, सचिवमा कमला रिसाल र कोषाध्यक्षमा नीता श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा प्रा.डा. जगन्नाथ रेग्मी, दुर्गा दृशी अधिकारी, विक्रमभक्त जोशी, मुरारी सिग्देल, रूद्र अधिकारी, हरिश कल्पित र पारू तिमिल्सिना छन् । 

साहित्यिक पत्रकार संघका अध्यक्ष लेकालीको नेतृत्वमा गत वर्षको फागुनमा पञ्चकोट, बागलुङ भ्रमणमा गएका स्रष्टाहरूको टोलीद्वारा भाषा, साहित्य तथा संस्कृतिको संरक्षणका लागि साहित्यका माध्यमबाट विशेष कार्यक्रमको  आयोजना सम्पन्न गरेपश्चात् उक्त सम्मेलनलाई निरन्तरता दिन यो कार्यसमिति गठन गरिएको जनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्