site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
न्युजिल्यान्डका कप्तानले भने– राष्ट्रियता परिवर्तन गर्न चाहन्छन् भने धोनीबारे सोच्छौं
Sarbottam CementSarbottam Cement

बीबीसी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारत न्युजिल्यान्डसित पराजित भएपछि भारतमा महेन्द्रसिंह धोनीको आलोचना भइरहेको छ । बुधबार भएको रोमान्चक खेलमा भारतलाई १८ रनले पराजित गरेर दोस्रो पटक न्युजिल्यान्ड फाइनलमा पुुगेको छ । 

न्युुजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत ५ रन नजोड्दै मुख्य तीन खेलाडी गुमाउन पुगेको थियो । सातौँ विकेटमा धोनी र रविन्द्र जडेजाको साझेदारीमा भारतले १ सय १६ रन बनाएपछि खेलमा रोमान्चकता थपियो । यसअघि भारतले ९२ रन ल्याउँदा नै ६ जना खेलाडीहरु पवेलियन फर्किसकेका थिए । भारतीय खेलाडी अनि समर्थकहरुको आशाको केन्द्र भनेकै धोनी र जडेजा मात्र थिए ।

जडेजाले ५९ बलमा ७७ रनको पारी खेले । धोनीले विकेट त बचाए तर धेरै रन ल्याउन सकेनन् । ७२ बलमा ५० रनमात्र जोड्न सफल भए ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्तिममा भारतले १४ बलमा ३२ रन बनाउनु थियो । जडेजा विलिम्यनको शिकार भए । जडेजा आउट भएको ४ बलमै धोनीलाई मार्टिन गुप्टिलले आउट गराइदिए । 

धोनी आउट भएपछि जितको आशा भारतीय समर्थकले मारिसकेका थिए । लगत्तै युजवेन्द्र चहाल र भुवनेश्वर कुमार आउट भएपछि भारत ४९.३ ओभरमा २ सय २१ रनमा अलआउट भयो । 

Global Ime bank

हारपछि न्युजिल्यान्डको लक्ष्य पछ्याउन नसकेको भन्दै धोनीको भारतमा आलोचना भइरहेको छ । खेल सुस्त भन्दै आचोलना भइरहेका बेला धोनीको विषयमा भारतीय कप्तान विराट कोहली र न्युजिल्यान्डका कप्तान विलियम्सलाई प्रश्न सोधिएको थियो । 

भारतीय पत्रकारले विलियम्सलाई सोधे, “यदि तपाईं भारतको कप्तान भएको भए धोनीलाई के आफ्नो टिममा राख्नुहुन्थ्यो ?” जवाफमा विलियमले हाँस्दै भने, “उनी न्युजिल्यान्डको लागि खेल्न सक्दैनन् तर धोनी विश्वस्तरीय खेलाडी हुन् ।” 

पत्रकारले फेरि सोधे, “तपाईं भारतीय टिमको कप्तान भएको भए के गर्नुहुन्थ्यो ?” विलियमले भने, “राख्ने थिएँ, उनको अनुभव खास अवस्थामा निकै काम लाग्छ । उनको योगदान आज, भोलि सधै रहनेछ ।

जडेजासितको साझेदारी निकै राम्रो थियो । धोनी विश्वकै उत्कृष्ट क्रिकेट खेलाडी हुन् । यदि उनी राष्ट्रियता परिवर्तन गर्न चाहन्छन् भनेयस बारेमा हामीले सोच्नेछौँ ।”

यसभन्दा अघिल्लो इङ्ल्यान्डसितको खेलमा पनि उनी सुस्त खेलेको भनी आरोप लगाइएको थियो । इङ्ल्यान्डसितकोे हारमा धोनी निकै दु:खी थिए ।

विलियम्सन विश्वास गर्छन् कि धोनी विश्वकै उत्कृष्ट क्रिकेट खेलाडी हुन् । ४८ ओभरमा बोल्टले धोनी र जडेजाको साझेदारी तोडेका थिए र विलियम्सनको कप्तानीमा न्युजिल्यान्ड फाइनल पुग्न सफल भयो । 

सचिन तेन्दुल्करले धोनी र जडेजाको पार्टनरसिपलाई निकै नै सराहना गरेका छन् । निराशा प्रकट गर्दै सचिनले भने, “भारतीय टीमले २४० रनको लक्ष्यलाई तिलको पहाड बनायो । म दु:खी छु किनकि हामीले २४० रनको लक्ष्य हासिल गर्नुुथियो । यो कुनै ठूलो लक्ष्य थिएन । यो कुरा सही हो कि न्युजिल्यान्डले पाँच रन नल्याउँदै ३ विकेट झारेर आफ्नो जितको आधारशीला खडा बनाएको थियो ।” उनले थपे, “हामीले सधैँ रोहित शर्मा र विराट कोहलीमा मात्र भर पर्नु हुँदैन । अरु बाँकी खेलाडीहरुले पनि जिम्मेवारी लिनुपर्दछ । यसैगरी सधै हामीले धोनीमा भर पर्नु हुँदैन । धोनीलाई यस्तो धेरैपटक भएको छ ।” 

कप्तान विराट कोहलीले धोनीको बचाउ गर्दै भने, “बाहिरबाट हेर्दा हरेक कुरा सजिलो हुन्छ तर धोनीलाई हरेक कुरा सम्हालेर राख्नुथियो । अर्कोतर्फ जडेजा राम्रै खेलिरहेका थिए । मेरो हिसाबमा उनको खेल समयको अनुकूल नै थियो ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC