विदेश
काठमाडौं । भारतकी विदेश मन्त्री सुषमा स्वराजले महाश्वेता देवीलाई श्रद्धाञ्जली दिँदै गरेकी ट्विटमाअर्कै लेखिकाको पुस्तकको नाम लेखेपछि लाजमर्नु भएको छ । 'हजार चौरासीर मा', 'रुदाली' जस्ता विख्यात कृतिकी स्रष्टा महाश्वेता देवीको ९० वर्षको उमेरमा कोलकातामा बिहीबार निधन भएको थियो । हफिङटन पोस्ट (इन्डिया)का अनुसार उनको मृत्युमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीलगायतले श्रद्धाञ्जली दिएका थिए । विदेशमन्त्री स्वराजले पनि श्रद्ञ्जली दिँदै महाश्वेता देवीका पुस्तकहरूले आफ्नो जीवनमा प्रभावित गरेको उल्लेख गरेर ट्विट गरिन् । तर, उनले लेखेका किताबहरू भने महाश्वेता देवीका नभएर अर्की लेखिका आशापूर्णा देवीका थिए । ट्विटरमा कसैले गल्ती औंल्याएपछि स्वराजले हत्त न पत्त ट्विट मेटिन् । तर, उनले मेटेपनि इन्टरनेटमा खोज्नेले भेट्टाई हाल्छन् त ।
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३ १४:१६
प्रतिक्रिया दिनुहोस्