काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि उचालेको हो ।
उपाधिसँगै एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिमले ३ लाख हात पारेको छ । कञ्चनपुर कवर्डहलमा सुदूरपश्चिमले दिएको ७२ रनको विजयी लक्ष्य एपीएफले १५ ओभरमा ४ विकेटको गुमाउँदै पूरा गर्यो ।
एपीएफका लागि लागि इन्दु बर्माले सर्वाधिक २२ रनको योगदान गरिन् । त्यस्तै सिता रानामगरले १८ र ज्योती पाण्डले १७ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका लागि सुमन बिष्ट र ईश्वरी बिष्टले समान तीन–तीन विकेट लिए । त्यस्तै जानकी भट्टले २ विकेट लिइन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर ७१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि रुबी पोदारले २४ तथा कविता कुँवरले २२ रन बनाए । बलिङतर्फ एपीएफकी करुणा भण्डारी र सिता रानामगरले समान तीन–तीन विकेट लिए ।
तस्बिरः अमित मल्ल