site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्कुल र घरमा माया नपाएपछि सुसाइड नोट लेख्दै ११ वर्षीय बालकले गरे आत्महत्या
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आफूलाई स्कुल (विद्यालय) र घरमा कसैले माया नगरेको भन्दै ललितपुरमा एक ११ वर्षीय बालकले ‘सुसाइट’ नोट लेखेर आत्महत्या गरेका छन् । ललितपुर बागमती गाउँपालिका–२ माल्टास्थित कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत ११ वर्षिय समिर लुङ्वाले घरमै झुण्डिएर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रविन्द्र धानुकले घटनाबारे अनुसन्धान भइरहेको बताए । ११ वर्षीय बालकले ‘सुसाइड’ नोट लेखेर आत्महत्या गरेको यो नेपालकै पहिलो घटना भएको बताइएको छ ।

प्रहरीका अनुसार उनले सुसाइड नोटमा लेखेका छन्, ‘‘मेरो नाम समिर लुङवा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाइ भाउजुले हेला गर्ने, कोही सर मिस त नहुने म तिनिहरुको नाम लेख्दै छु । सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु । म एघार वर्ष भएँ म जन्मेको महिना कार्तिक १४ गते हो । म यो संसार छोडेर जाँदैछु ।’’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC