site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सरकारी प्रस्तावको विरोधमा देशभर विदेशी च्यानल बन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । विदेशी विज्ञापन बज्ने सबैजसो विदेशी च्यानल अस्थायी रुपमा बन्द भएका छन् । केवल टेलिभिजन व्यवसायीले सरकारले ल्याएको ‘क्लिन फिड’ सम्बन्धी व्यवस्थाको विरोध गर्दै विज्ञापन बज्ने च्यानल एक दिनका लागि बन्द गराएका हुन् ।

सोमबार पत्रकार सम्मेलन गरि व्यवसायीहरुको छाता संगठनले सोमबार अपरान्ह ३ बजेदेखि मंगलबार अपरान्ह ३ बजेसम्म सबै च्यानलहरु बन्द रहने जानकारी दिए । उनीहरुले सरकारले चाहेअनुसारको क्लिन फिडको मुहार अनुभव गराउन विदेशी विज्ञापन भएका च्यानल बन्द गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यवसायीहरुले यो व्यवस्था लागू हुँदा आउने परिस्थितिबारे आम उपभोक्ता र सरोकारवालालाई जानकारी दिन २४ घण्टा प्रशारण बन्द गर्नु परेको बताए ।

नेपालमा प्रसारण हुने ८५ प्रतिशत च्यानलहरु विदेशी छन् । इन्डियन ब्रोडकास्टर फोरमले भने नेपाललाई मात्रै क्लिन फिड अर्थात विज्ञापनरहीत च्यानल दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाएको छ ।

Global Ime bank

प्रस्तावित विज्ञापन ऐन, २०७६ लागू भए डिजिटल टिभी व्यवसायको अर्बौं रुपैयाँको लगानी डुब्ने व्यवसायीले बताएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट पनि नेपाली जनता वञ्चित हुने भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

नेपालमा संञ्चालित डीटीएच, आर्यपीटीभी र ओटीटीका कम्पनीहरुले नेपाली च्यानलहरु मात्रै देखाएर ग्राहकहरुसंँ मासिक शुल्क उठाउन नसक्ने हुँदा ती कम्पनी बन्द हुने र त्यसले अर्बौंको लगानी डुब्नुको साथै हजारौंको रोजगारी गुम्ने अवस्था सिर्जना हुने जनाएको छ । नेपालमा प्रशारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधान सहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा छलफलको क्रममा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC