site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जलवायु प्रभावः एकै दिन ग्रीनल्यान्डमा २ अर्ब टन बरफ पग्लियो
Sarbottam CementSarbottam Cement

एजेन्सी । बिहीबार ग्रीनल्यान्डको ४० प्रतिशत भूभाग पग्लिएको छ जसमा कूल २ अर्ब टन, अर्थात एक खर्ब केजी भन्दा बढी बरफ त्यही दिनमा मात्र पग्लिएको बताइएको छ । ग्रिनल्यान्ड बरफको ठूलो टापू भएपनि यसबेला यति धेरै बरफ पग्लिनुलाई अत्यन्तै अस्वभाविक मानिएको छ । किनकि ग्रीनल्यान्डको ‘मेल्टिङ सिजन’ जुनदेखि अगस्टमा पर्ने गरेको छ जसमध्ये अधिक बरफ पग्लिने प्रक्रिया जुलाईमा हुँदै आएको छ । यस्तोमा मध्य जुनमै यति धेरै मात्रामा बरफ पग्लिनु राम्रो संकेत नभएको बताइएको हो ।  

तर यो घटना असामान्य भएपनि अभूतपूर्व चाहिँ नभएको युनिभर्सिटी अफ जर्जियाका वैज्ञानिक थोमस मोट बताउँछन् जो ग्रिनल्यान्डको मौसमसम्बन्धी अध्ययन गरिरहेका छन् । उनी भन्छन्, “जुन महिनामै अचानकको यो वृद्धि हामीले यसअघि २०१२ मा पनि देखेका थियौँ ।” यसअघि २०१२ मा जुनमै करिब एउटा पूरै भूभाग पग्लिएको थियो जसलाई इतिहासकै पहिलो घटनाका रुपमा रेकर्ड गरिएको छ । त्यसैले पनि २०१९ को गर्मीयामको सुरुवातमै यति धेरै बरफ पग्लिनुले वातावरण सम्बन्धी नराम्रो संकेत दिइरहेको र यो वर्ष ग्रीनल्यान्डमा बरफको क्षतिले नयाँ रेकर्ड बनाउन सक्ने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

थोमसका अनुसार गर्मीको सुरुवातमै यति धेरै बरफ र हिउँ पग्लिनुले पछि गर्मी सकिने समयमा अतिरिक्त बरफ पगाल्न सहज बनाइदिन्छ । यसरी ग्रीनल्यान्डले समुद्री सतह बढाउन प्रमुख भूमिका निर्वाह गर्दै आएको हुँदा यत्तिको मात्रामा बरफ पग्लिनुले प्रकोपको जोखिम बढाउनेछ । सेतो हिउँ र बरफ उज्यालो हुने हुँदा तिनले सूर्यको किरण रिफ्लेक्ट गरि पुनः आकाशमा फर्काउँछन् जसले पृथ्वीमा सोसिएको तातोको मात्रा घटाउँछ र हिमटापूलाई चिसो राख्न मद्दत गर्छ । यसलाई ‘अल्बेडो’ भनिन्छ । तर बरफ घट्नुले तातोपना बढाइदिनेछ र अनियन्त्रित रुपमा बरफ पग्लिने क्रम जारी रहन सक्छ ।

थोमसबाहेक अन्य वैज्ञानिकहरुले पनि यो वर्ष ग्रिनल्यान्डमा अत्याधिक धेरै बरफ पग्लिने भविष्यवाणी गरेका थिए । तर यति चाँडै यस्तो हुनु असाधारण मानिएको छ । पछिल्लो समय तिव्र गतिमा भइरहेको जलवायु परिवर्तनको नतिजा स्वरुप यस्तो भइरहेको विश्लेषकहरुको भनाइ छ । सीएनएनबाट
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ४, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC