कसले गर्‍यो अमिताभ बचनको ट्विटर ह्याक ? प्रोफाइलमा इमरान खानको तस्बिर !

कसले गर्‍यो अमिताभ बचनको ट्विटर ह्याक ? प्रोफाइलमा इमरान खानको तस्बिर !

नयाँ दिल्ली । बलिउड अभिनेता अमिताभ बच्चनको ट्विटर एकाउन्ट सोमबार राति ह्याक भएको छ । पाकिस्तान समर्थित टर्कीको टर्की साइबर आर्मी अयिल्दिज टिमले यसको जिम्बेवारी लिएको छ । अमिताभको ट्विटर एकाउन्टबाट टर्की र पाकिस्तानसँग सम्बन्धित सन्देश पोष्ट गरिएको छ ।

ह्याकर्सले अभिताभको ट्विटर एकाउन्टको प्रोफाइल बायो पनि बदलिदिएको छ । अमिताभको प्रोफाइल तस्बिरको स्थानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको थियो । साथै लेखिएको थियो,‘‘एक्टर..चलो, कुछ लोग अब भि ऐसा कर रहा हे । पकिस्तानको प्यार ।’’अमिताभ बचनको ट्विटर निकै सक्रिय हुने गरेको थियो । उनका ३ दशमलब ७४ करोड फलोअर्स रहेका छन् ।

अहिले भने अमिताभको ट्विटर एकाउन्ट रिकभर गरेर ह्याकरले राखेका सामग्री हटाइएको बीबीसीले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस
ad