देश
मुस्ताङ । मुस्ताङको मुक्तिनाथ मन्दिरमा यात्रुवाहक बसबाट दर्शन गर्न जाँदै गर्दा बेहोस भएका एक भारतीय महिलाको मृत्यु भएको छ ।
भारतको बङ्गलोर बस्ने ६५ वर्षीया एल चुडामणिको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पोखराबाट मुक्तिनाथ गइरहेको बसमा यात्रा गरिरहेकी उनी बेनी-जोमसोम सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका-४ स्थित माथिल्लो घाँसामा अचानक बेहोस भएकी थिइन् । पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनलाई भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । - रासस
सांकेतिक तस्बिर
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६ १९:४३
प्रतिक्रिया दिनुहोस्