site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्री कपका लागि ३ प्रदेशद्वारा टोली घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि ३ वटा प्रदेशले टोली घोषणा गरेका छन् ।  प्रदेश नम्बर ३ ले राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारस खड्काको कप्तानीमा टोली घोषणा गर्दा प्रदेश नम्बर २ ले मेहबुब आलमको नेतृत्वमा तथा प्रदेश नम्बर १ ले पुष्प थापाको कप्तानीमा टोली घोषणा गरेको छ । 

प्रतियोगिता सुरु हुन २ दिनअघि ३ टोलीले १४ सदस्यीय टोलीको टुंगो लगाएका छन् ।  पारस कप्तान रहेको प्रदेश ३ टोलीमा राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल उपकप्तानकै जिम्मेवारी दिइएको छ ।  मल्लसँगै टोलीमा युवा खेलाडी प्रतिश जिसी, रित गौतम, सोनु तामाङ, जितेन्द्र सिंह ठकुरी, इशान पान्डे, अभिषेक बस्नेत, सूर्य तामाङ, सोनु देवकोटा, नन्दन यादव, गौतम केसी, आदिल खान र रबिन जोशी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मेहबुब आलमको कप्तानीमा रहेको प्रदेश २ मा उपकप्तान हासिम अन्सारी छन् । सुधीर चौधरीले टोलीमा स्थान बनाउँदा रबि शाह, कन्चनजंग कार्की, सुरज पटेल, हरि शंकर शाह, विशाल शुसलिङ, सांसद शेख, राहुल प्रताप सिंह, विवेक यादव, राशिद खान, कुमार थापा र दिब्यांशु मलिक छन् ।  यस्तै,पुष्प थापाको कप्तानीमा रहेको प्रदेश १ को टोलीमा ‘हेलिकोप्टर सट’ले परिचित सिद्धान्त लोहनी पनि छन् । कमल खत्री ,रवि राय, मुकुन्द यादव, मिनाश थापा, श्रवण यादव, राजन मगर, दिपेश कँडेल, फिर्दोष अन्सारी, सरोज बस्नेत, अंकित सुवेदी, सन्नी पुन, अभ्यास तिम्सिना छन् । 

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । मुलपानी क्रिकेट मैदान उद्घाटन र बाँकी खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सहभागी हुने अन्य ४ प्रदेशले टोली घोषणा गर्न बाँकी छ । विभागीय टोली भने नियमित अभ्यासमा छन् ।  १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा विभागीय क्लब एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC