खेल
काठमाडौं । आगामी जुलाईबाट सुरु हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी-२० क्रिकेटको ड्राफ्ट बुधबार लण्डनमा हुँदैछ ।
वेष्ट इन्डिजको चर्चित क्यारेबियन प्रिमियर लिग खेलिसकेका सन्दीप लामिछानेसँगै नेपालका सोमपाल कामी, रोहित पौडेल र दिपेन्द्रसिह ऐरी ड्राफ्टमा परेका छन् ।
नेपाली समय अनुसार बेलुका पौने ८ बजे हुने ड्राफ्टमा चार नेपाली खेलाडीको खेल्नेबारे टुंगो लाग्नेछ । नेपालका चार खेलाडीसँगै ड्राफ्टमा २० देशमा ५ सय ३६ विदेशी खेलाडी छन् ।
दोस्रो पटक ड्राफ्टमा परेका सन्दीपको सीपीएल खेल्ने सम्भावना प्रवल रहँदा बाँकी खेलाडी पनि पर्नसक्ने अनुमान गरिएको छ । गत सिजन प्याट्रियट्सबाट खेलेका सन्दीपले ५ खेलमा ७ विकेट लिएका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६ १२:१२
प्रतिक्रिया दिनुहोस्