site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साबित्राको ४ गोलमा सेतु फाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय खेलाडी साबित्रा भण्डारीले चार गोल गरेको सोमबार तामिलनाडु क्लब सेतु भारतीय महिला लिग फुटबलको फाइनलमा पुगेको छ । 

साबित्राले चार तथा ग्रेसले ह्याट्रिक गरेपछि सेतु सेन्ट्रल एसएसबी वुमन्सविरुद्ध ८-१ गोलअन्तरको जित निकाल्दै उपाधि नजिक पुगेको हो । सेतुले अब उपाधिका लागि मणिपुर पुलिस स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

लुधियानास्थित गुरु नानक स्टेडियममा एकलौटी बनेको खेलमा नेपालकी साबित्रा चम्कीन् । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा पहिलो गोल गरेकी साबित्राले ५९ औं मिनेटमा दोस्रो तथा ६५ औं मिनेटमा ह्याट्रिक पुरा गरीन् । खेल सकिन केही समय बाँकी रहँदा सेतुले टोलीका लागि आठौं तथा ब्यक्तिगत चौथो गोल गरिन् । 

आजको ४ गोलसंगै साबित्राको जारी भारतीय महिला लिगमा गोलसङख्या १३ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् । मणिपुर पुलिस स्पोर्टसकी बालादेबी २६ गोलसहित शीर्ष स्थानमा छन् । 

Global Ime bank

सेतुको जितमा ग्रेसले पनि ह्याटिक गरिन् । १३ औं मिनेटमा पहिलो गोल गरेकी ग्रेसले पहिलो हाफको इन्जुरी समयमा दोस्रो तथा ५२ औं ह्याट्रिक गरेकी हुन् । सेतुका लागि रतनवालादेबी १ गोल गरेकी थिइन् । एसएसबीको टोलीले एक गोल फर्काए पनि हार टार्न सकेन् । फाइनल भिडन्त बुधबार हुनेछ । 

मणिपुर पुलिस स्पोर्टसले सोमबार भएको पहिलो सेमिफाइनलमा गोकुलम केरलालाई ४-२ को गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC