एजेन्सी । यसै सिजन स्पेनिस क्लब रियाल मड्रिड छोडी युभेन्टस पुगेका क्रिष्टियानो रोनाल्डो इटालियन सिरी ए मा प्लेयर अफ द सिजन भएका छन् । युभेन्टसलाई सिरि ए को शीर्ष स्थानमा रहन महत्वपूर्ण भूमिका निर्वाह गरेका रोनाल्डो प्लेयर अफ द सिजन घोषित भएका हुन् । उनले लिगमा २२ गोल गरे भने ११ गोलका लागि पास उपलब्ध गराएका छन् ।
सिरी ए को अवार्डमध्ये उत्कृष्ट युवा खेलाडीको अवार्ड रोमाका निकोलो जानिओलोले जितेका छन् । उत्कृष्ट स्टाइकर साम्पडोरियाका फाबियो क्वाग्लीआरेल्ला बन्दा उत्कृष्ट डिफेन्डर नेपोलीका कालिडु कौलीबाली, उत्कृष्ट मिडफिल्डर सर्गे मिलिन्कोभिच साभिच–लाजियो बनेका छन् । यस्तै, उत्कृष्ट गोलकिपरको अवार्ड इन्टर मिलानका सामिर हान्डानोभिचले जितेका छन् ।