site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बढ्दो ऋणको दबाबमा श्रीलंका, यस्तो छ हम्बनतोताको वास्तविकता
Sarbottam CementSarbottam Cement

कोलम्बो । श्रीलंकाको छवि एक यस्तो देशको रुपमा बनिरहेको छ, जो चीनको तर्फबाट उसको भूभागमा चलाइएको परियोजनामा ऋणमा डुबेको छ । यस्तै एक परियोजना हो, हम्बनतोता बन्दरगाह । जसको श्रीलंकाले चीनको मर्चेन्ट पोर्ट होल्डिङ्गस लिमिटेड कम्पनीलाई ९९ वर्षको लागि लिजमा दिएको छ ।

सन् २०१७ मा यो बन्दरगाहलाई १.१२ अर्ब डलरमा सो कम्पनीलाई दिइएको थियो । यो बन्दरगाहलाई विश्वभरी नै श्रीलंका कसरी चीनको ऋणमा अल्झेको छ भन्ने कुराको उदाहरणका रुपमा प्रस्तुत गरिने गरेको छ । सो बन्दरगाहलाई श्रीलंकाको सामरिक हिसाबले महत्वपूर्ण सम्पत्तिको रुपमा लिने गरिन्छ । यो आमधारणा बनेको छ कि हम्बनतोता बन्दरगाहको निर्माणका क्रममा चीनको ऋण श्रीलंंकाले कसरी चुकाउन सक्ला वा कसको कारणले यो चीनको हातमा गयो भन्ने कुराको समेत चर्चा भइरहेको छ । 

आमधारणा के बनेको छ भने हम्बनतोता बन्दरगाहको निर्माणको लागि चीनले जति ऋण दिएको थियो, श्रीलंकाले उति नै चुकाउन सक्ने छैन र यसले गर्दा बन्दरगाहको स्वामित्व चीनको हातमा जानेछ । विशेषज्ञहरुका अनुसार श्रीलंकामाथि चीनको ऋण चर्चा भएपनि वास्तविकता त्यो भन्दा पनि गम्भीर भएको बताइँदै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो वास्तविकता हो कि चीनको एक्जिम बैंकले हम्बनतोता बन्दरगाहको निर्माणको लागि फण्ड जारी गरेको छ । श्रीलंकाको अर्थव्यवस्थामा अहिले बाधा देखिँदै आएको छ । श्रीलंकामा एक अतिरिक्त अन्तरराष्ट्रिय बन्दरगाहको निर्माणको आवश्यकतालाई लिएर गम्भिर चिन्ता प्रकट भइरहेको छ । खासगरी सो निर्माण कार्यका लागि दोस्रो देशबाट फन्ड लिनु जरुरी रहेको छ । यो कुरा पनि प्रष्ट छ कि हम्बनतोताबाट श्रीलंकाले यति धेरै पैसा कमाउन सक्दैनथ्यो । जुन ऋणका कारण श्रीलंकाले यो बन्दरगाह चीनको हातमा नै सुम्पनु महत्वपूर्ण थियो । यो हालत श्रीलंकाको लागि चिन्ताजनक हो । हम्बनतोता बन्दरगाह चीनको हातमा जानुले श्रीलंकामा एक ठूलो आर्थिक संकटलाई इशारा गर्न सक्छ । 

किन लिजमा दिइयो हम्बनतोता ?
श्रीलंका सरकारले हम्बनतोता बन्दरगाहको निर्माणको लागि सन् २००७ बाट २०१६ सम्म कैयौं पटक ऋण लिएको छ । यो पूरै ऋण एक्जिम बैंकबाट लिएको हो । सबै खालको ऋणमा ५ वर्षको ग्रेस अर्थात् सहुलियत समय हुन्छ । साथै त्यसपछि १५ वर्षमा ऋण चुकाउने समय सीमा तोकिएको हुन्छ । यो कारणले श्रीलंकाको विदेशी ऋणको रुपमा अहिलेपनि हम्बनतोताको ऋणको मात्रा धेरै भएको छ ।

Global Ime bank

हम्बनतोता बन्दरगाहको निर्माणको लागि ऋण श्रीलंकाले लिएको हो । त्यसको जम्मा वर्षेनी ऋण करिब ५ प्रतिशत रहेको छ । श्रीलंकाले हम्नबतोता बन्दरगाहलाई चीनको हातमा सुम्पने फैसला यसकारणले पनि लिएको छ कि श्रीलंकाले आफ्नो विदेशी ऋण भुक्तानका लागि उचित सन्तुलन बनाउन पाएको थिएन ।

यसका साथै श्रीलंकामा विदेशी लगानीको मात्रामा पनि केही कमी आएको छ । जसको कारण श्रीलंकाले हम्बनतोतालाई एक तर्फबाट विदेशी रिजर्भको हिसाबले चीनलाई दिने योजना बनाएको थियो । यस्तै, हम्बनतोता बन्दरगाह अब चीनको कम्पनीको हातमा छ तर उसलाई यसको ऋणबाट मुक्ति मिलेको छैन । यसले गर्दा नै यो परियोजना चीनलाई दिने निर्णय श्रीलंकाले गरेको हो । 

अहिले हम्बनतोता चीनको हातमा रहेको छ तर अब पनि श्रीलंकालाई ऋणबाट मुक्ति मिलेको छैन । किनकि यो सम्झौतामा सरकारले यो ऋण चुकाउने कुरा उल्लेख गरिएको छ । यो बन्दरगाह चीनलाई लिजमा दिँदा श्रीलंकालाई पैसा प्राप्त भएको छ । यसलाई उसले आफ्नो डलर संग्रहलाई बलियो बनाउन प्रयोग गरेको छ । 

श्रीलंकाको ऋणको समश्या केवल चीनसम्म मात्रै सीमित छैन । यो विदेशी ऋणको सामञ्जस्यतामा आइरहेको बदलावमा पनि जोडिएको छ । यस्तै, यसको सम्बन्ध अर्थव्यवस्थाको ढाँचागत कमजोरी जस्तो कि व्यापारमा कमी, संरक्षणवादमा बढोत्तरी र सरकारी राजश्वमा कमीमा पनि जोडिएको छ । 

सन् २०१७ को अन्त्य सम्ममा श्रीलंकामा विदेशी ऋण १० प्रतिशत भन्दा केही बढी छ । यसको ठूलो हिस्सा चीनसँग जोडिएको छ । यसको कारण श्रीलंकाको विदेशी ऋणको सबैभन्दा ठूलो हिस्सा अन्तरराष्ट्रिय सोवेरन बन्डका रुपमा थियो । 

२०१७ सम्म यो कूल विदेशी ऋणको ३९ प्रतिशत सम्म रहेको थियो । यो वर्ष खासमा २००७को अन्तरराष्ट्रिय बजारदेखि लिएर वाणिज्य ऋणमा यही बन्ड बढेर विदेशी ऋणको रुपमा विकराल समस्याको रुप लिएको छ । यो ऋण चुकाउनको लागि लामो समय दिइएको छैन । त्यस्तै यसमा थोरै परिमाणको रकम चुक्ता गर्दै जाने सुविधा पनि छैन । यो सोवेरन बन्ड परिपक्व भएपछि कुनै पनि देशको विदेशी मुद्राको ऋण एकदमै बढ्छ । 

विदेशी ऋणको भुक्तानी राशी बढ्ने खतरा भनेको यो हो कि रकम विदेशी मुद्रामा नै दिनुपर्छ । यसलाई सरल बनाइराख्नका लागि सबैजसो देशले विदेशी मुद्रा लेनदेन गर्छन् र यसलाई प्रत्यक्ष निवेश अर्थात् एफडीआईमा जोड दिने गरेका छन् । श्रीलंकाको लागि दुःखको कुरा यो छ कि उचित मात्रामा एफडीआई आउन सकेन । यसको उल्टो श्रीलंकामा निर्यातको मात्रा उसको जीडीपीको अनुपातमा लगातार घट्दै गएको छ । यो सन् २०००मा ३९ प्रतिशत थियो भने सन् २०१७मा यो २१ प्रतिशत भएको छ । 

यो आँकडाले श्रीलंका सरकारलाई आफ्नो देशमा विदेशी मुद्रा र त्यसको निवेशको अत्यावश्यक भएको छ । यही कारणले यस्तो रिपोर्ट पनि आएको छ कि श्रीलंका सरकार हम्बनतोतामा नै रहेको विश्वकै सबैभन्दा खाली हवाई अड्डामा अन्तरराष्ट्रिय विमानस्थललाई पनि लिजमा दिने विचार गरिरहेको छ । 

रिपोर्टका अनुसार यसको लागि श्रीलंका र भारत सरकारको बीचमा वार्ता पनि चलिरहेको छ । यो परियोजनाको निर्माणको लागि चीनबाट कर्जा लिएकोमा यसलाई पनि आर्थिक रुपमा एउटा खराब निवेशको रुपमा बताइएको थियो । सन् २००८बाट २०१२को बीचमा श्रीलंकाले करिब ६० प्रतिशत विदेशी कर्जा चीनबाट लिएको छ । 

यस्तो देखिँदैछ कि श्रीलंकामा चलिरहेको सबैजसो परियोजनामा कही न कहीं चीनको हात रहेको छ । यसको बावजुद श्रीलंकाको अन्तरराष्ट्रिय बजारबाट जुन कर्जा लिइएको छ त्यो पनि वित्तिय दरमा आधारित रहेको छ । त्यसबाट श्रीलंका एकदमै मुस्किलबाट गुज्रन पुगेको छ । श्रीलंकालाई यो संकटबाट बाहिरिनको लागि राजनीतिक चुनौतिबाट पार पाउनु जरुरीे छ । यसमा स्थिरता ल्याउनु जरुरी देखिएको छ । त्यसपछि श्रीलंकाले आफ्नो आर्थिक परिदृश्य देख्न सक्नेछ । 

(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC