site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालको प्रहरी चौकीमा भारतीय आक्रमण,प्रदेश सांसद चारघण्टा घेराबन्दीमा 
Sarbottam CementSarbottam Cement

बाँके । प्रहरीले प्रतिबन्धित लागुऔषध चरेस ओसारपासारको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेपछि शुक्रबार रातिसम्म बाँकेको राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बन्यो । पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै प्रहरी चौकी घेराउ गरेका थिए । 
४ सय बढीको संख्यामा आएका भारतीयले पक्राउ परेका व्यक्तिलाई नछुटाएसम्म घेराउ जारी राख्ने जनाएका थिए ।

नेपालगञ्जबाट नरैनापुर पुगेर लागुऔषधविरुद्ध परिचालित प्रहरीको विशेष टोलीले भारतीय नागरिक देवीविन विश्वकर्मालाई पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । पक्राउपछि भारतीय नागरिकलाई प्रहरी चौकीमा राखेका मुचुल्काका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढा गरी तनाव प्रयास भएको थियो । 
प्रहरी चौकी घेराउसँगै तोडफोड र ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएको राससले जनाएको छ ।
उनले भने, “त्यहाँको अवस्था अहिले नियन्त्रणमा छ । थप घटना हुन नदिन अहिले पनि सुरक्षाकर्मी परिचालन गरेका छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

चरेशसहित पक्राउ परेका भारतीय नागरिक देवीविनलाई अबेर राति नै नेपालगञ्ज ल्याइसकिएको छ । देवीदिन पक्राउ परेपछि सीमापारिबाट आएका भारतीय युवाले उनलाई नछोडेसम्म प्रहरीलाई जान नदिने भन्दै घेरा हालेका थिए । सो क्रममा इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड भएको छ । 
“प्रहरीको गाडीमा आगजनीको प्रयाससहित र ढुङ्गामुढा गरेपछि थप प्रहरी बल पुगेर अवस्था नियन्त्रण गर्न खोजेको थियो”, प्रहरी नायब उपरीक्षक सापकोटाले भने, “तर प्रहरीको उपस्थिति कमजोर देखेपछि उत्तेजित भीडले क्रमशः आक्रोश फैलाउँदै चौकीमै घेराउ गर्न पुगे । स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर नै गर्नुप¥यो ।” 

देवीविनलाई पक्राउ गरेपछि सीमा क्षेत्रबाट आएका भारतीय नागरिक आक्रमक भएर प्रहरीमाथि जाइलागेका थिए । उनीहरूलाई स्थानीय गाउँलेले साथ दिएपछि मुठभेडको अवस्था सिर्जना भएको थियो । जिल्लाबाट बन्दोबस्तीसहित पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राति १२ बजेतिर घटनास्थललाई पूर्णरूपमा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।

Global Ime bank

“चार सय बढी मानिसले चौकी घेराउ गरेका थिए । नेपालगञ्जबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन वटा टोली, आसपासका चौकीबाट समेत नरैनापुरमा मद्दतका लागि पुगेका थिए भने नेपालगञ्जमा थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको थियो । स्थिति नियन्त्रणमा आएपछि थप बल त्यतर्फ जानुपरेन”, प्रहरी नायब उपरीक्षक सापकोटाले भने ।
तस्करी गरेर नेपाल ल्याउँदै गएको मालसामानसहित गत साता सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका अपराधीलाई यसरी घेरा हाली भारतीयले छुटाएर लैजान सफल भएका थिए । 

प्रदेश सांसद चारघण्टा घेराबन्दीमा 

भारतसँग जोडिएका नयाँगाउँ, खयरभट्टीलगायतका गाउँको अवस्था र राज्यले सहयोग गर्नुपर्ने प्राथमिकताका योजना बनाउन आफ्नो निर्वाचन क्षेत्रमा पुगेकी प्रदेश सांसद कृष्ण केसी नमूनासहितको टोलीमाथि पनि आक्रमणको प्रयास भएको थियो । पक्राउ परेका देवीविनलाई छुटाउन माग गर्दै सांसदसहितको टोलीलाई भारतीय नागरिक र स्थानीयले झण्डै चार घण्टा घेराबन्दी गरेका थिए । 
प्रदेश सांसद केसी चढेको गाडीमा आगजनी प्रयाससमेत भएको थियो । “निकै डरलाग्दो अवस्थाको सामना गरियो”, झण्डै चार घण्टापछि प्रहरीले उद्धार गरेपछि टेलिफोनमा कुराकानी गर्दै सांसद केसीले भनिन्, “अहिले म केही कुरा बोल्न र भन्न सक्ने अवस्थामा छैन ।” स्थलगत अनुगमनमा गएका बेला आफूमाथि भएको आक्रमण प्रयासलाई ‘गम्भीरतापूर्वक लिएको’ सांसद केसीको भनाइ छ । 
सांसद केसीसहित टोलीलाई घेराबन्दी पारेपछि सशस्त्र प्रहरीले कडा सुरक्षा दिएर सांसद र गाउँपालिकाका प्रमुखलाई झण्डै चार घण्टासम्म गाउँपालिकाको कार्यालयभित्र राखेको थियो । राति १० बजेपछि वडाध्यक्षको गाडीमा सांसद केसीको टोलीलाई भगवानपुर प्रहरीले सुरक्षा दिएर आफ्नो कार्यालयमा पु¥याएको थियो ।
सीमा क्षेत्रको स्थलगत फर्किएका प्रदेश सांसदसहित नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहमाथि पनि आक्रमण प्रयास भएको थियो । “मेरा कुरा पनि सुनेनन्, धेरै दुःख लागेको छ”, रासससँग टेलिफोनमा कुराकानी गर्दै अध्यक्ष शाहले भने, “सामान्य घटनामा भारतीय घुसपैठ भएर गम्भीर बन्यो ।” 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC