site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वुमन्स च्याम्पियन्स लिगका लागि  खेलाडी अनुबन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी असोजमा त्रिविस्थित क्रिकेट मैदानमा हुने महिला फ्रेन्चाइज क्रिकेट लिग ‘वुमन्स च्याम्पियन्स लिग’ का लागि  खेलाडी अनुबन्ध गरिएका छन् ।

प्रतियोगिता आयोजक क्‍वीन्स ईभेन्ट म्यानेजमेन्टले मंगलबार राजधानीमा आयोजना गरेको ड्राफ्टबाट पाँच टोलीका लागि ११-११ खेलाडी अनुबन्ध भएका हुन् । डायमण्ड, रुबिज, सफायर्स र वाइल्ड कार्ड इन्ट्री गरी चार समूहमा खेलाडी विभाजन गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

जसमध्ये क्यापिटल रोयल्स काठमाडौंमा राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी रुबीना क्षेत्री ७५ हजार रुपैयाँमा अनुबन्धित भएकी छिन् । त्यस्तै, अप्सरी बेगम र रोमा थापा पनि ७५-७५ हजारमा अनुबन्धित हुँदा संगती राई, सरसस्वती चौधरी र ममता थापा ५०-५० हजारमा अनुबन्धित भए भने सुमन विष्ट, नीतु भण्डारी,  ईश्वरी विष्ट र लक्ष्मी सेढाइ, मनिशा राना २५-२५ हजारमा अनुबन्धित भएका हुन् ।

पोखरा पल्टनमा सीता रानामगर, कबिता कुँवर र बिन्दू रावल ७५-७५ हजारमा अनुबन्धित हुँदा अञ्जली चन्द र अनुराधा चौधरी ५०-५० हजारमा अनुबन्धित भए भने रुबीना पुडर, रेवती धामी, मञ्जुकुमारी बोगटी, राजमती ऐरी, सरस्वती घर्तीमगर, नवीना खड्का र निशा भट्ट २५-२५ हजारमा अनुबन्धित भएका हुन् ।

Global Ime bank

चितवनमा काजग श्रेष्ठ ७५ हजारमा अनुबन्धित भएकी छिन्, भने रेखा रावल र सन्तोषिकुमारी चौधरी ५०-५० हजारमा अनुबन्धित भएका छन् । त्यस्तै, रितु कनौजिया, सुमन खतिवडा, सरस्वती पुन, अस्मिता खरेल, प्यारी चौधरी, कञ्चन श्रेष्ठ, सञ्जु लामा र सविता जिसी २५- २५ हजारमा अनुबन्धित भए ।

विराटनगरमा सोनु खड्का र आरती विडारी ७५-७५ हजारमा अनुबन्धित भएका छन् भने सरिता मगर, ज्योति पाण्डे, डली भट्ट, लक्ष्मी चौधरी, सपनम राई र प्रतिक्षा बस्याल ५०-५० हजारमा अनुबन्धित भए । त्यस्तै, कृष्णा गुरुङ, सर्मिला रोकामगर, अस्मिना कर्माचार्य र कृतिका मरासैनी २५-२५ हजारमा अनुबन्धित भए ।

ललितपुरमा निरी थापा, ममता चौधरी र करुणा भण्डारी ७५-७५ हजारमा अनुबन्धित हुँदा सरिता दिसुवामगर र रोशनी बिहारा ५०-५० हजारमा अनुबन्धित भएका छन् । त्यस्तै, कविता जोशी, कृति सेन, सीमा थापा, गीता गोसाई, शान्ति कुमारी चौधरी, सम्झना खड्का र अलिसा केसी २५- २५ हजारमा अनुबन्धित भए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  २३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC