site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फिटनेसबारे सामाजिक सञ्जालमा दिइने नौमध्ये आठ सुझाव गलत !
Sarbottam CementSarbottam Cement

एजेन्सी । पछिल्लो समय तौल नियन्त्रण गर्न चाहनेहरुले सामाजिक संजालबाट धेरै सहायता लिइरहेको पाइन्छ । तर एउटा नयाँ अनुसन्धानपछि विज्ञहरुले त्यसरी सोसल मिडियाबाट प्रभावित भएर आफ्नो खानपानमा परिवर्तन ल्याउन हतार गर्नु नहुने चेतावनी दिएका छन् । 

युनिभर्सिटी अफ ग्लासगोको एक अध्ययन टोलीले बेलायतमा मात्र फिटनेसबारे सल्लाह सुझाव दिने सामाजिक व्यक्तित्वहरुमा नौ मध्ये आठजना गलत हुने गरेको पत्ता लगाएको छ । यसरी तौल व्यवस्थित गर्नमा एक्सपर्ट भएको दाबी गर्ने सबैले सही र विश्वसनीय जानकारी प्रदान नगर्ने भन्दै सबैलाई सतर्क रहन भनिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त स्वास्थ्य अध्ययनकर्ताहरुले बेलायतका सबैभन्दा लोकप्रिय सामाजिक व्यक्तित्वहरुबारे अनुसन्धान गरि यस्तो निष्कर्ष निकालेका हुन् । यसमा कुनैपनि दुईवटा सामाजिक संजालमा भेरिफिकेसन अर्थात निलो चिन्ह प्राप्त गरेका र ८० हजार भन्दा धेरै फलोअर भएका व्यक्तित्वहरुका ब्लगको अध्ययन गरिएको हो जो सक्रिय रुपमा तौल नियन्त्रणबारे आफ्ना फलोअरहरुलाई सल्लाह सुझाव दिँदै आएका थिए । 

अनुसन्धानकी प्रमुख नेतृत्वकर्मी क्रिस्टिना सबाग भन्छिन्, ‘हामीले त्यस किसिमका अति चर्चित ब्लग र अकाउन्टहरुलाई समेत तौल व्यवस्थापन सम्बन्धी जानकारीका लागि विश्वसनीय श्रोत मान्न नसकिने निष्कर्ष निकालेका छौँ । उनीहरुले आफ्नो धारणालाई नै तथ्यका रुपमा प्रस्तुत गर्ने गरेको हुँदा बेलायतको खाद्य मापदण्डमा पर्न असफल भएका हुन् ।’ 

Global Ime bank

यसरी यी ब्लगहरु अहिले विश्वव्यापी दर्शकहरुसम्म पुगिरहेको हुँदा यसलाई सम्भावित रुपमा अत्यन्तै हानिकारक मानिएको बताइएको छ । अध्ययन गरिएका ती चर्चित व्यक्तित्वहरुको नाम रिपोर्टमा उल्लेख नगरिएपनि यिनमा शिर्ष ९ सामाजिक व्यक्तित्वहरुले गत वर्ष मे र जुनका बीचमा प्रकाशित गरेका ब्लग र भिडियोहरु परीक्षण गरिएको थियो । उनीहरुले दाबी गरेका स्वास्थ्य र डायट सम्बन्धी जानकारीहरु पारदर्शी, विश्वसनीय, पौष्टिक रुपमा उचित र प्रमाणमा आधारित भए नभएको जाँच गरिएको हो । त्यस्तै अनुसन्धानकर्ताहरुले यस्ता ब्लग र भिडियोहरुमा भनिएका १० खानाका परिकारहरुको पनि विश्लेषण गरेका हुन् । यसरी तिनमा कति मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, स्याचुरेटेड फ्याट, फाइबर, चिनी र नुन छ भन्ने भनेर जाँच गरिएको थियो जसमा सामाजिक स्वास्थ्यको मापदण्डमा कुनैपनि ब्लग पर्न नसकेको पाइएको हो । 

यसरी सुझाव दिने गरेका २५ प्रतिशत मानिसहरुसँग न्युट्रिसनको विषयमा कुनै ज्ञान र योग्यता नभएको पनि पत्ता लागेको छ । पछिल्लो समय मोटोपनाको विषयले विश्वभर व्यापकता पाइरहेको र ध्यानाकर्षण गराइरहेको हुँदा अनलाइनमा दिइने सबै किसिमका जानकारीले वैज्ञानिक र चिकित्सकीय मापदण्ड पूरा गर्नैपर्ने आवश्यक रहेको बताइएको छ । त्यसैगरी यो अनुसन्धानपछि सामाजिक संजालसँग वास्तवमै विनाशकारी शक्ति रहेको पनि स्पष्ट भएको बताइएको छ किनकी हिजोआज जोसुकैले लेखेका जे कुरा पनि मानिसहरु लोकप्रियताका आधारमा सजिलै पत्याउने गरेको पाइन्छ ।  द इन्डिपेन्डेन्टबाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC