अर्थ व्यवसाय
काठमाडौं । योर पार्टनर फोर प्रोग्रेस भन्ने नाराका साथ अघि बढेको सिटिजन बैंकले सातौं सिटिजन बैंक ओपन टेनिस टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ । बैंकले काठमाडौंको जिल्ला लन टेनिस संघको सहकार्यमा वैशाख १६ गतेदेखि २१ गतेसम्म दशरथ रंगशाला तथा आर्मी अफिसर्स क्लबमा उक्त खेल सञ्चालन गर्न लागेको हो ।
विभिन्न सात विधानमा खेल सञ्चालन गर्न लागिएको काठमाडौं जिल्ला टेनि संघका अध्यक्ष मनोहर दास मुलले जानकारी दिए । खेलका विजेताहरुलाई पाँच लाख १३ हजार ५०० बराबरको पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६ १९:१३
प्रतिक्रिया दिनुहोस्