site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अष्ट्रेलियाको सामना गर्न नेपाल तयार
Sarbottam CementSarbottam Cement

काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा नेपाल शुक्रबार बलियो प्रतिद्‍वन्द्वी अष्ट्रेलियाको सामना गर्दैछ । चीनमा दुई मैत्रीपुर्ण खेलपछि कमजोरीलाई सुधार्दै छनोटको दोस्रो चरण खेल्न म्यानमार पुगेको नेपाल बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाको सामना गर्न लागेको हो ।
 
म्यानमारस्थित मन्डलाथिरी रंगशालामा खेल नेपाली समयअनुसार अपरान्न ४ बजे सुरू हुनेछ । घरेलु मैदानमा करीब साढे २ महिनाको अभ्यास र चीनको भ्रमणपछि उत्साहित युवा टोली उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ ।

आफूभन्दा फिफा बरियतामा ९७ स्थानमाथि रहेको अष्ट्रेलियाविरुद्ध नेपालको लक्ष्य आक्रमक फुटबल खेल्ने हो । नेपाल १ सय ३ औं स्थानमा रहँदा अष्टेलिया ६ औं स्थानमा छ । वरियतामा डराउनुभन्दा राम्रो प्रदर्शन गर्नेमा टोली केन्द्रित रहेको प्रशिक्षक हरीओम श्रेष्ठले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उमेर समूहमा वरियताले खासै प्रभाव नपार्ने र नेपाल जितका लागि तयार रहेको प्रशिक्षक श्रेष्ठको भनाई छ । "हामी आक्रमक फुटबल खेल्नेछौं । वरियता राम्रो पक्ष पनि हो तर चुनौती समाना गर्न मानसिक र शारीरिक रुपमा तयार छौं", प्रशिक्षक श्रेष्ठले भने । 

नेपाली युवा टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका केही अनुभवी खेलाडी छन् । जसलाई प्रशिक्षक श्रेष्ठ हतियार बनाउने योजनामा छन् । गोलकिपर अन्जना रानामगर, मन्जली योन्जन, रेखा पौडेल, सरु लिम्बुलगायतका केही खेलाडीले गत फागुनमा विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिप र एक महिनाअघि म्यानमारमा नै सम्पन्न ओलम्पिक छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गरेका थिए । 

Global Ime bank

कप्तान सरू लिम्बुले टोलीमा रहेको समन्वयले राम्रो प्रदशन गर्ने बताइन् । "चीनमा रहँदा मैत्री पुर्णखेलबाट कमजोरी पत्ता लगाएर सुधार्ने कोसिस गरेका छौं । अपेक्षा छ हाम्रो टोलीले राम्रो प्रदर्शन गर्नेछ", कप्तान सुरुले भनिन् । 

नेपालले चीन भ्रमणका क्रममा दुई मैत्रीपुर्ण खेल खेलेको थियो । छेन्दु प्रान्तको टोलीसँग पहिलो खेलमा ३-० को हार ब्यहोरेको नेपाल दोस्रो खेलमा १-१ को बराबरी खेलेको थियो । त्यसअघि टोलीले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ‘एन्फा’को कृत्रिम मैदानमा अभ्यास गरेको हो । समुह ए मा रहेको नेपालले अष्ट्रेलियापछि घरेलु टोली म्यानमार र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

समुह बी मा दक्षिण कोरीया, भियतनाम, इरान र लेबनाम छन् । दुबै समूहको शीर्ष २ मा रहने टोली एएफसी च्याम्पियनसिपमा छनोट हुनेछ । नेपालले गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा उत्कृष्ट उपविजेता बन्दै दोस्रो चरणको यात्रा तय गरेको थियो । भारतमाथि २-० को जित निकालेको नेपालले पाकिस्तानलाई ९-० ले पराजित गरेको थियो । थाइल्याण्डसँग ३-० को हार व्यहोरे पनि नेपाल उत्कृष्ट उपविजेतासहित दोस्रो चरणका लागि छनोट भएको हो ।
 
नेपाली टोली 

गोलकिपर : अन्जना राना मगर, उषा नाथ र रेबिका राई 
डिफेण्डर : पूजा राना मगर, सविता रानामगर, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विश्वकर्मा, सलोनी राना मगर
मिडफिल्डर : कप्तान सरु लिम्बु, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती 
फर्वाड : रेखा पौडेल, एलिशा जिम्बा, रश्मी कुमारी घिसिङ, निर्मला उपाध्याय छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement