site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘यस्तो हुन्छ भन्ने कसैले सोचेका थिएनन्’

काठमाडौं । घरेलु लिगमा निराशजनक लय रहे पनि बोरुसिया डर्टमन्ड अहिले क्लबको इतिहासमै दोस्रोपटक च्याम्पियन्स लिगको विजेता बन्न एक खेलले मात्र पछि छ ।

एडिन टेर्जिकको टोलीले मंगलबार दोस्रो लेगमा पीएसजीलाई १–० ले हराउँदा उत्कृष्ट प्रदर्शन देखायो । डर्टमन्डले समग्रमा २–० को जितसहित फाइनल यात्रा निश्चित गरेको हो ।

पार्क डे प्रिन्सेसमा घरेलु टिमविरुद्ध निर्णायक गोल गरेका रक्षक म्याक ह्युमेल्सलाई पनि लाग्छ डर्टमन्डले सन् १९९७ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्नेछ ।

Dabur Nepal
NIC Asia

“समूह चरणको दोस्रो खेलदेखि नै हामी सक्षम छौँ भन्ने महसुस भएको थियो । र, हामीले वेम्बलीमा नजित्नुपर्ने कुनै कारण देख्दैनौँ,” ३५ वर्षीय ह्युमेल्सले भने, “हामी खेलभन्दा माथिको दबाब र मैदानभन्दा माथिको वातावरण थेग्नका लागि तयार थियौँ । यो हाम्रो सफलताको सुत्र हो ।”

“मैले च्याम्पियन्स लिगमा निकै कम गोल गरेको छुँ । जम्मा पाँच मात्र । यो संख्यामा थप गर्ने समय अहिले बनेको छ ।”

सन् २०१३ को च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसँग पराजित हुँदा ह्युमेल्स डर्टमन्डकै टिममा थिए । उक्त फाइनल पनि इंग्ल्यान्डको वेम्बली रंगशालामा नै भएको थियो ।

बल ६ पटक पोस्टमा लागेर फर्किएको भए पनि फ्रेन्च च्याम्पियन पीएसजीले पाहुना टिमको रक्षापंक्ति तोड्न नसक्दा ह्युमेल्स टिमका महत्त्वपूर्ण रक्षक थिए । 

“हामीले धेरै कुरा भोग्यौँ, तर हामीले कसरी खेल जित्यौँ भन्नेबारे भोलि कसैले सोध्ने छैन,” डर्टमन्डका फरवार्ड मार्को रुइसले भने । पछिल्लो १२ वर्षयता डर्टमन्डमा निरन्तर रहेका रुइसको अन्तिम खेल वेम्बनीमै हुन सक्नेछ ।

champains-leg2-(2)-1715151261.jpg
 

“पोस्टमा लागेको प्रहारले भोलिको दिनमा अर्थ राख्दैन । अर्थ राख्ने भनेको बोरुसिया डर्टमन्डले फेरि तय गरेको फाइनल यात्रा मात्रै हो । यस्तो हुन्छ भन्ने कसैले अनुमान गरेका थिएनन् । यो उत्कृष्ट अनुभव हो ।”

समूह चरणमा पनि डर्टमन्ड पीएसजी, एसी मिलान र न्युक्यासलसँगै कठिन समूहमा परेको थियो । तर, टेर्जिकको टोलीले समूह चरणमा शीर्ष स्थान हासिल ग¥यो ।

“ग्रुप अफ डेथमा बोरुसिया डर्टमन्डबारे कसैले कल्पना समेत गरेका थिएनन् । उनीहरू समूहकै सबैभन्दा कमजोर टिम थिए । तर, उनीहरूले केही ठूला जित निकाले,” इंग्ल्यान्डका पूर्वमिडफिल्डर ओविन हर्गेभ्सले भने, “डर्टमन्डले टिममा ठूला स्टार नभए पनि लय भेट्टाए । टेर्जिकले समस्याको समाधान खोज्नमा उत्कृष्ट काम गरेर देखाए ।”

स्कटल्यान्डका पूर्वस्ट्राइकर एली म्याकोइस्टले पनि डर्टमन्डको प्रदर्शन ‘रणनीतिक रूपमा उत्कृष्ट’ भएको बताए । “१८० मिनेटसम्म उनीहरूको प्रदर्शन उत्कृष्ट थियो । डर्टमन्डको टिम एक्यबद्ध थियो । उनीहरूलाई टिमले एक वा दुई वटामात्र मौका पाउँछ भन्ने थाहा थियो र दुई रक्षक उत्कृष्ट थिए ।”

सन् २०२२–२३ को सिजन घरेलु मैदानमा माइन्जसँग २–२ को बराबरीमा रोकिएपछि डर्टमन्ड बुन्डेसलिगाको उपाधिबाट विमुख भएको थियो । लिगको अन्तिम दिन डर्टमन्ड घरेलु मैदानमै रोकिँदा बायर्नले गोलआधारमा बुन्डेसलिगाको उपाधि जितेको थियो ।

टेर्जिक उक्त दुःखद क्षणपछि समर्थकलाई पुनः उत्साह दिन पाउँदा खुसी छन् । “म खुसी छु, किनकी अब हामी समर्थकलाई उक्त दुःखद क्षणको बदलामा केही उत्साह दिन पाउँदै छौँ । हामी हरेक खेलबाट विकसित हुँदै आयौँ र अहिले हामी सबैलाई आश्चर्यजनक नतिजा दिन सक्ने टिमको रुपमा उदाएका छौँ,” उनी थप्छन् ।

“पीएसभीसँगको पहिलो खेलअघि हामीले लन्डनसम्मको यात्रा कति छोटो हुन्छ भन्ने कुरा गरेका थियौँ । यो हाम्रो लागि गर्विलो क्षण हो र हाम्रो सपना अझै पूरा भइसकेको छैन ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro