site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
४० वर्षमा बढ्यो नेपालीको औसत आयु साढे २१ वर्ष

काठमाडौं । पछिल्लो ४० वर्षमा नेपालीको औसत आयु २१.५ वर्ष बढेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तयार गरेको राष्ट्रिय जनगणना २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरुमा उक्त तथ्य भेटिएको हो ।

राष्ट्रिय जनगणना २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकमा २०७८ सालसम्म नेपालीको औसत आयु ७१.३ वर्ष रहेको उल्लेख छ । पछिल्लो जनगणनाले नेपाली महिलाको औसत आयु ७३.८ वर्ष र पुरुषको औसत आयु ६८.२ वर्ष रहेको देखाएको छ । पुरुषको तुलनामा महिलाको औषत आयु ५.६ वर्ष बढी रहेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कले पछिल्लो ४० वर्षमा नेपालीको औसत आयु प्रत्येक वर्ष औसतमा ०.५३ वर्षका दरले बढेको देखिन्छ । ४० वर्ष अघि नेपालीको औसत आयु कति थियो त ? राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा ४० वर्ष अगाडि अर्थात् २०३८ सालमा गरिएको जनगणनामा नेपालीको औसत आयु ४९.८ वर्ष थियो ।

Dabur Nepal
NIC Asia

२०३८ को जनगणनाले नेपाली महिलाको औसत आयु ४८.१ वर्ष र पुरुषको औसत आयु ५०.९ वर्ष देखाएको थियो । अर्थात् उक्त वर्ष नेपाली महिलाको तुलनामा पुरुषको औसत आयु २.८ वर्ष बढी थियो । तर, अहिले पुरुषको तुलनामा महिलाको औसत आयु बढी भएको छ ।

जनगणनाको तथ्याङ्कले बितेको चालिस वर्षमा नेपाली महिलाको औसत आयु २५.७ वर्ष र पुरुषको औसत आयु १७.३ वर्ष बढेको देखाउँछ । उक्त अवधिमा पुरुषको भन्दा महिलाको आयु ८.४ वर्ष बढी थपिएको छ ।

२०४८ सालको जनगणनाले नेपालीको औसत आयु ५४.३ वर्ष देखाएको थियो । उक्त वर्ष पुरुषको औसत आयु ५५ वर्ष र महिलाको औसत आयु ५३.५ वर्ष रहेको थियो । महिलाको भन्दा पुरुषको औसत आयु १.५ वर्ष बढी थियो ।

२०५८ सालमा आइपुग्दा औसत आयुमा महिलाले पुरुषलाई उछिनेको देखिन्छ । २०५८ को जनगणनामा नेपाली महिलाको औसत आयु ६१.६ वर्ष र पुरुषको ६१.१ वर्ष भएको देखाएको थियो । उक्त वर्ष नेपालीको औसत आयु ६१.३५ वर्ष थियो ।

२०६८ सालमा आइपुग्दा नेपालीको औसत आयु ६६.६ वर्ष पुगेको थियो । २०६८ को जनगणनाले महिलाको औसत आयु ६८ वर्ष र पुरुषको औसत आयु ६५.४ वर्ष देखाएको थियो । उक्त वर्ष पुरुषको तुलनामा महिलाको औसत आयु २.६ वर्ष बढी थियो ।

वर्ष २०६८ देखि २०७८ सम्मको १० वर्षको अवधिमा महिलाको औसत आयु ५.८ वर्षले थपिँदा पुरुषको आयु मात्र २.८ वर्षले बढेको छ । २०७८ को जनगणनाले नेपालका सात प्रदेशमध्ये सबैभन्दा बढी औसत आयु कर्णाली प्रदेशमा रहेको देखाएको छ । कर्णालीमा औसत आयु ७२.५ वर्ष रहेको छ ।

२०७८ को जनगणनाअनुसार औसत आयु वाग्मती प्रदेशमा ७२.४ वर्ष, गण्डकी प्रदेशमा ७२.१ वर्ष, मधेस प्रदेशमा ७१.८ वर्ष, सुदूरपश्चिम प्रदेशमा ७१.३ वर्ष, कोसी प्रदेशमा ७०.४ वर्ष र सबैभन्दा कम लुम्बिनी प्रदेशमा ६९.५ वर्ष रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro