site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पीएसजीलाई हराउँदै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध दोस्रो लेगमा १–० को जित निकाल्दै बोरुसिया डर्टमन्डले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थानमा बनाएको छ ।

मंगलबार पीएसजीकै मैदान पार्क डे प्रिन्सेसमा सम्पन्न खेलमा डर्टमन्डलाई जित दिलाउन माट्स हम्मेल्सले गरेको गोल निर्णायक बन्यो । उनले ५०औँ मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रतामा राखेका थिए । डर्टमन्डले समग्रमा २–० को जितसहित फाइनल यात्रा तय गरेको हो । यसअघि आफ्नै मैदानमा भएको पहिलो लेगमा डर्टमन्ड १–० ले विजयी भएको थियो ।

Dabur Nepal
NIC Asia

डर्टमन्डले अब उपाधिका निम्ति रियाल मड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्नेछ ।

यसअघि डर्टमन्ड सन् २०१२–१३ को सिजन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको थियो । तर, जर्मनीकै अर्को क्लब बायर्न म्युनिखसँग २–१ ले पराजित भएपछि डर्टमन्ड उपविजेतामा सीमित बनेको थियो । डर्टमन्डले च्याम्पियन्स लिगको उपाधि भने पछिल्लो पटक सन् १९९७ मा जितेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro