site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘प्लानेट भर्सेस प्लास्टिक’  

सन् १९७० देखि ‘विश्व पृथ्वी दिवस’ (वर्ल्ड अर्थ डे) मनाउने गरिएको छ  । यस वर्ष पनि अप्रिल २२ मा विश्वभर ‘प्लानेट भर्सेस प्लास्टिक’ भन्ने मुख्य नारासहित ‘विश्व पृथ्वी दिवस’ मनाएको थियो । 

सुरुमा पृथ्वी दिवस मनाउने प्रस्ताव अमेरिकी सिनेटर गेलोर्ड नेल्सनले गरेका हुन् । सिनेटर नेल्सनको प्रस्तावअनुसार सन् १९७० को अप्रिल २२ देखि विश्वभरि ‘विश्व पृथ्वी दिवस’ अर्थात्  मनाइन्छ । उनले सन् १९६९ मा यो प्रस्ताव ल्याएका थिए । यी अमेरिकी सिनेटर गेलोर्ड नेल्सनले विश्व पृथ्वी दिवस मनाउने प्रस्ताव ल्याउनुमा एक घटना कारक रहेको थियो । उनी त्यति बेला क्यार्लिफोनियाको भ्रमणमा जाँदा त्यहाँको ‘सान्ता बार्बरा बिच’(समुन्द्री किनार) मा जहाजबाट कच्चा तेल चुहिएर परेको असर प्रत्यक्ष देखे । त्यसबेला चुहिएको तेलको असरले हजारौं, समुद्री माछा र चराचुरुङ्गीलगायत अन्य जलचर मरेर पानीमा तैरिरहेको देखे । त्यस दृश्यबाट उनमा पृथ्वीमा मानिसका साथै सबै जीवहरु बाँच्न पाउनुपर्नेबारे विचार आयो । त्यसैले एक दिन भए पनि विश्वभर नै मानवीय चेतना जगाउन ‘विश्व पृथ्वी दिवस’ मनाउने प्रस्ताव ल्याए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा भने यो वर्ष पृथ्वी दिवस मनाउन विशेष कार्यक्रम आयोजन गरिएको थाहा भएन । जेहोस्, ‘विश्व पृथ्वी दिवस’ मनाउँदा आज विश्वमा जलवायु र मौसम परिवर्तनका कारण पृथ्वीको अस्तित्व नै रहन्छ कि रहँदैन भन्ने अवस्थामा पुगेको बिर्सनु हुँदैन भने । फलस्वरुप विश्वभर नै बेमौसममा बाढी, पहिरो, हिमपहिरो र समुद्रीआँधी आउनेगरेको छ । त्यस्तै अचानक ठूलो वर्षा हुने, आगलागी हुने, भूमरी आउनेलगायत प्राकृतिक प्रकोप पनि बढ्दै गएको छ । यसै सन्दर्भमा विसं २०७७ सालको पुस/माघ महिना घटना उल्लेख गर्न मन लाग्यो । 

त्यसला नेपालको कठमाडौंमा लगातार तीन दिनसम्म हुस्सु लागेको थियो । त्यसले गर्दा उपत्यकमा घाम लागेको थिएन । घाम नलागेको मात्रै होइन हावा पनि चलेनको थिएन । फलस्वरूप ‘कचौरा’ आकारको काठमाडौं उपत्यकामा बसोवास गरिरहेका तीनवटै सहरका बासिन्दा अरू समयभन्दा बढी वायु प्रदूषणबाट प्रभावित भएका थिए । त्यतिबेला उपत्यकामा विगतका तुलनामा अत्यधिक ठिही बढेको थियो । 

Global Ime bank

वायु प्रदूषण विज्ञहरूका अनुसार काठमाडौं अहिले विश्वकै ५० प्रदूषित सहरमध्ये पहिलो नम्बरमा पुग्नेगरेको छ । काठमाडौंलगायत नेपालका प्रमुख सहरको वायुको गुणस्तर सूचांक (एक्युआई) सामान्यभन्दा (हुनुपर्ने मात्राभन्दा) दुई, तीन गुणासम्म बढी छ । काठमाडौंको रत्नपार्क क्षेत्रमा ३७१, ललितपुरको भैंसेपाटी क्षेत्रमा ३२९, र भक्तपुरमा २१६, चितवनको सौराहा क्षेत्रमा २१० अंक रहने पुगेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार वायुको गुणस्तर सूचांक (एक्युआई) को मात्रा ३५ भन्दा कम हुनु राम्रो मानिन्छ भने ५१ देखि १०० सामान्य, २०१ भन्दा माथि अस्वस्थ्यकर र ३०१ भन्दा माथिहुनु  घातक मानिन्छ । यसरी हेर्दा नेपालमा वायुको गुणस्तर सूचांक (एक्युआई) मापन गरिएका ठाउँमा वायुको गुणस्तर सूचांक (एक्युआई) को मात्रा अत्यधिक बढी अर्थात् मानव स्वास्थ्यका लागि घातक रहेको देखिन्छ  । 

 धेरै अघिदेखि विश्वभर जलवायु परिवर्तनको बढ्दो क्रम र त्यसको असरलाई कम गर्न सम्बन्धित विषयमा चासो राख्ने विषय विज्ञहरू, वैज्ञानिक, खोज अनुसन्धानकर्ता, वातावरणविद्लगायत यस विषयमा चिन्ता गर्ने मानिस र समूहले आवाज उठाउँदै आएका छन् । त्यसो भए पनि जलवायु परिवर्तनका कारण हुने वातावरण विनाश, हिमनदी पग्लने क्रम र, यसले हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने, बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसका रोकथामका लागि कसरी काम गर्ने  भन्ने विषयमा मतैक्य हुनसकेको छैन । 

अमेरिका, रुस, चीन, अस्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, ब्राजिल, इटली, भारत, दक्षिण अफ्रिका, टर्की, मलेसियाआदि विश्वका विकसित र औद्योगिक देशहरूबीच जलवायु परिवर्तनसम्बन्धी कस्तो नीति अपनाउने, कस्तो मापदण्ड बनाउने  भन्ने सम्बन्धमा एक मत नभएकोले धेरैपछिसम्म यसबारेमा गलफत्ती भइरहेको छ । माथि उल्लेख गरिएका देशहरुले आफूखुसी अनियन्त्रित ढंगले चलाएको उद्योगधन्दा, कलकारखानाकै कारण पृथ्वीले धान्नसक्ने भन्दा बढी ‘हरितगृह ग्यास’ उत्सर्जन हुँदै आएको हो । त्यसमा पनि पछिल्लो समय उदाउँदो अर्थतन्त्र भनी चिनिएका चीन, भारत, ब्राजिल, टर्की, भियतनाम, मलेसियाआदिले आफूहरू भर्खरै उद्योग धन्दा र कलकारखाना चलाउने ‘उदाउँदै गरेको देश’ भएकाले अन्य औद्योगिक तथा विकसित देशसरह जिम्मेवार नभएको दाबी गर्दै जलवायु परिवर्तनको मामिलामा ‘हरितगृह ग्यास’ उत्सर्जन कम गर्ने बढी दायित्व र जिम्मेवारी पनि अमेरिका, जापान, जर्मनी, रुस, बेलायत, फ्रान्स, इटलीलगायत देशले लिनुपर्ने अडान राख्दैआएका छन् । 

अहिलेको अवस्थामा आइपुग्दा विकसित तथा औद्योगिक देशहरूले मात्रै विश्वको ३२ देखि ३६ प्रतिशत पानी र अधिकांश प्राकृतिक सोत साधन दोहन गर्दै आएका छन् । त्यस्तै यी औेद्योगिक देशले मात्रै विश्वको करिब ८१ प्रतिशत वायु प्रदूषण कारक ग्यास, धुवाँलगायत जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्ने फोहर पनि उत्पादन गर्दै आएका छन् । त्यसको प्रत्यक्ष असर नेपाललगायत कम विकसित देशहरूले भने भोग्नुपरेको छ । यस्तै अवस्था भविष्यमा पनि रही नै रहने देखिन्छ ।
  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement