site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानमा खाली छन् ९० लाख घर, जनसंख्या भने घट्दै

टोक्यो । जापानमा अहिले ९० लाख घर खाली रहेका छन् । यो संख्या न्युयोर्कका हरेक बासिन्दालाई चाहिनेभन्दा पनि बढी हो । पूर्वी एसियाली यो मुलुक आफ्नो घट्दो जनसंख्यालाई लिएर अहिले संघर्ष गरिरहेको छ । परित्याग गरिएका घरलाई जापानमा ‘अकिया’ भन्ने गरिन्छ । जसको मतलब दुर्गम स्थानमा परित्याग गरिएका आवासीय भवन भन्ने हो ।  तर, धेरै अकिया अहिले मुख्य सहरमा पनि छन् । जस्तो टोक्यो र क्योटोमा पनि अकिया छन् । सरकारको लागि यो समस्याको रूपमा देखिएको छ । किनकि, पहिला नै जापानमा बढी उमेरका मानिसको संख्या बढिरहेका छन् । अनि चिन्ताजनक रूपमा हरेक वर्ष बालबालिकाको जन्मदर पनि घट्दै गएको छ । 

“यो जापानको जनसंख्या घटेको संकेत हो,” चिबास्थित कान्दा युनिभर्सिटी अफ इन्टरनेसनल स्टडिजका लेक्चरर जेफ्री हलले भने, “धरै घर बनाउनु समस्याको विषय होइन । पर्याप्त जनता नहुनु चाहिँ समस्या हो ।”

आन्तरिक मन्त्रालय र सञ्चार मन्त्रालयको तथ्यांकलाई हेर्दा जापानमा १४ प्रतिशत आवासीय संरचना  खाली  छन् ।  यो संख्या त्यस्ता  घरको पनि हो, जो अरु नै कारणले पनि खाली छोडिएका छन् । विदेशमा काम गरेकाहरुको घर पनि अस्थायी रूपमा खाली रहेका छन् ।  “ती सबै क्षतिग्रस्त अवस्थामा  छोडिएका छैनन्, जस्तो कि परम्परागत आकिया । तथापि तिनको बढ्दो संख्याले सरकार र समुदायलाई अन्य समस्या सिर्जना भएको छ,” विज्ञहरूले भने । सहरको अकियाको क्षति मर्मतको अभावमा हुने सम्भावित जोखिम र भूकम्प तथा सुनामी जस्ता  प्रकोपको समयमा उद्धार दललाई बढी समस्या पर्न सक्ने उनीहरूको भनाइ छ । 

धेरै घरको समस्या

अकियाहरू पुस्तौँ पुस्ता अघिका हुन् । तर, जापानको घट्दो प्रजनन क्षमताका कारण उत्तराधिकारीबिना नै बित्ने वा कतिपयले वंशाणुगत रूपमा कम उमेरको पुस्तालाई छोडेर जाने गरेका छन् । 

कतिपय घरहरू प्रशासनिक झन्झटका कारण पनि छोडिएका छन् । स्थानीय अधिकारीहरूले रेकर्ड कमजोर भएका कारण घरको स्वामित्व कसको हो भन्ने पत्ता लगाउन नै सक्दैनन् । “जापानको कर नीतिअनुसार कतिपय घर मालिकले त्यसलाई भत्काएर नयाँ बनाउनुभन्दा पुरानै प्रयोगमा ल्याउनु नै सस्तो हुने महससु गर्ने गरेका छन् । यदि मालिकले बेच्न चाहन्छ भने पनि उनीहरुलाई किन्ने मान्छे पाउन मुस्किल छ,” कान्दा युनिभर्सिटीका हलले भने, “धेरैजसो ती घरहरू सार्वजनिक यातायात, स्वास्थ्य सेवा र सहज स्टोरको समेत पहुँचमा छैनन् ।” 

ट्रेन्डिङ भिडियोहरूमा मानिस खासगरी विदेशीले सस्ता जापानी घरहरू ‘स्टाइलिस’ गेस्ट हाउस र क्याफे बनाएको भनेर हाल्ने र यस्ता सोसल मिडियामा फलोअर्सहरु जम्मा भएको देखिएको भन्दै हल भन्छन्, “यो देखिए जस्तो सजिलो छैन । सत्य यो हो कि धेरैजसो यी घर विदेशीलाई बेचिनेवाला छैन वा प्रशासनिक कामको मात्रा यति धेरै हुन्छ कि यसका पछाडिका नियमहरू जापानी भाषा राम्रोसँग  बोल्न र लेख्न नसक्नेका लागि सजिलो छैन ।”

कम मानिस

जापानको जनसंख्या केही वर्षदेखि घट्दो अवस्थामा रहेको छ । २०२२ को पछिल्लो गणनामा आठ लाखभन्दा बढी जनसंख्या संकुचित भएको थियो ।  यसअघिको वर्षमा जनसंख्या १२५ दशमलब चार मिलियन रहेको थियो । २०२३ मा नयाँ जन्म आठ वर्षको तुलनामा सबैभन्दा कम भएको आधिकारिक तथ्यांकले देखाएको छ । जापानको जन्मदर वर्षको एक दशमलब तीन रहेको छ, जबकि स्थिर जनसंख्याका लागि दुई दशमलब एक हुनु जरुरी छ । 

गत हप्ता मात्रै जापानको आन्तरिक मामिला र सञ्चारसम्बन्धी मन्त्रालयले १५ वर्षमुनिका बालबालिकाको क्रमांक सिधै ४३ मा झरेको जनाएको छ । जुन अप्रिल १ मा करिब १४ मिलियन रहेको छ । यसर्थ, निकै धेरै घर र निकै कम मानिस अझै केही समय जापानमा निरन्तर हुने अवस्था देखिएको छ । 

टोक्यो सिटी युनिभर्सिटीका आर्चिटेक्चर एन्ड उर्वान डिजाइनसम्बन्धी प्राध्यापक युकी एकीयामाका अनुसार खाली घरहरू पहिले मुद्दा बन्थे । उदाहरणका लागि मध्य इशिकावा क्षेत्रको नोतो पेनिन्सुलालाई सात दशमलब पाँच म्याग्निच्युडको भूकम्पले  जनवरीमा धक्का दिएको थियो । सो क्षेत्र अकियाले भरिएका थिए । तिनले त्यहाँ बस्ने अन्य बासिन्दालाई पनि खतरा निम्त्याएका थिए । त्यसकारण भूकम्पपछिको पुनर्सरचनाका लागि तिनलाई व्यवस्थापन गर्नुपर्ने भयो । 

“जब कुनै भूकम्प वा सुनामी आउँछ, खाली घरले निकासको रुट रोक्ने भएकोले ती भत्काइन्छ वा क्षति हुन्छन्,” उनले भने, “भूकम्पपछि अधिकारीहरूले कुन क्षति भएका संरचनालाई व्यवस्थापन गर्न सकिन्छ भनेर निर्णय लिन संघर्ष गर्नुपर्छ । स्वामित्वको अस्पस्टता कारण पुननिर्माणको लागि बाधा उत्पन्न गरिरहेको हुन्छ ।” 

अन्य ग्रामिण क्षेत्रका खाली घर अकियालाई उच्च ध्यान दिनुपर्ने बाध्यताले विकासका कामलाई रोकेको उनी बताउँछन् । यद्यपि, उनी जापानको वास्तुकला र संस्कृतिको इतिहासले गर्दा त्यहाँको अवस्था गम्भीर देखिएको जनाउँछन् । “जापानका घरहरूलाई तिनीहरुको दीर्घायुलाई लिएर त्यति महत्व दिइँदैन,” उनले भने । उनका अनुसार जापानमा जति नयाँ घर भयो त्यति धेरै मूल्यमा बिक्री हुन्छ । सीएनएन
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro