site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रवि लामिछानेको प्रश्न– नजिर बसाउन सबै तयार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धको संसदीय छानबिन समिति के का लागि भन्दै प्रश्न गरेका छन् ।

सभामुखले बोलाएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“छानबिन समिति कस्तो बनाउने ? किन बनाउने ? बनाएर कस्तो नजिर बसाउने ? उजुरी कहीँ त परेको हुनुपर्छ नि ! कतै दर्ता नभई उजुरीको आधारमा समिति बनाउने हो भने समिति बनाउने नजिर बसाउन सबै तयार हो ?”
उनले सर्वदलीय सहमति गर्न सबै तयार हुनुपर्ने बताए । उनले पीडितहरुले बनाएको संघर्ष समितिमा पनि आफ्नो नाम नभएको उल्लेख गर्दै मिडियामा आएको भरमा समिति बनाउन नहुने बताए ।

उनले जीबी राईको विषयमा मलेसियाका गृहमन्त्रीसँग फोनमा कुरा भएको बताए ।

Global Ime bank

“भाग्न किन दिइयो ?,” लामिछानेको प्रश्न छ, “भाग्न किन दिइयो ? गइसकेको मान्छे निकाल्न अलि जटिल छ तर निरन्तर लागिपरेका छौँ । अहिले सरकारको प्राथमिकता बचतकर्ताको रकम कसरी फिर्ता गर्ने भन्ने हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement