site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाली भान्सामा ०.०५ प्रतिशतमात्रै बिजुली खपत, ५१ प्रतिशतले दाउरामै पकाउँछन् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही साता यता नेपालमा वायु प्रदुषण अत्याधिक मात्रामा बढेको छ ।  राज्यका सबै संयन्त्र लाग्दा पनि प्रदुषण कम गर्न सकेका छैनन् । वायु प्रदुषण यति बढेको छ कि काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदुषित सहर बनको छ । 

राज्यका संयन्त्रले वायु प्रदुषण बढ्नुमा वन डढेलोलाई प्रमुख कारक मानेका छन् । एकैदिन देशका सयौं स्थानमा डढेलो लाग्दा वायु प्रदुषण ह्वात्तै बढेको तर्क उनीहरुको छ ।  तर, राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचक’ रिपोर्ट हेर्दा नेपालमा वायु प्रदुषण बढ्नुमा अन्य कारण पनि रहेको देख्न सकिन्छ ।

रिपोर्टमा स्पष्ट शब्दमा वायु प्रदुषण यो कारणले बढेको हो भन्ने किटान गरिएको छैन, तर प्रस्तुत गरिएका तथ्याङ्कले वायु प्रदुषण बढाउन के कस्ता कार्य भइरहेको छ स्पष्ट देखाउँछ । 

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न अध्ययनले घरभित्र र बाहिर प्रदुषण बढाउने र मानिसको मत्युको प्रमुख कारणमध्ये एउटामा दाउराको प्रयोगलाई देखाएका छन् ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपालमा खाना पकाउँदा दाउराको प्रयोग कतिले गर्छन् भन्ने देखाइएको छ । 

रिपोर्ट अनुसार नेपालमा खाना पकाउँदा नै सबैभन्दा बढी दाउराको प्रयोग हुने गरेको छ ।  खाना पकाउँदा आधाभन्दा बढी जनसंख्या अर्थात् ५१.०२ प्रतिशतले दाउराको प्रयोग गर्ने गरेको कार्यालयको तथ्याङ्कले देखाउँछ । 

Global Ime bank

रिपोर्ट अनुसार नेपालमा खाना पकाउँदा ५१.०२ प्रतिशतले काठ÷दाउरा, ४४.२९ प्रतिशतले मट्टीतेल, ०.४९ प्रतिशतले एलपी ग्यास, २.८८ प्रतिशतले गुइँठा/गोरहा, १.१८ प्रतिशतले बायोग्यास, ०.०५ प्रतिशतले बिजुली र ०.१० प्रतिशतले अन्य वस्तुको प्रयोग गर्ने गरेका छन् । 

काठ/दाउरा र गुइँठा/गोरहा बाल्दा बढी धुँवा निस्कने गर्छ, जुन मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ ।  नेपालमा ५३.९ प्रतिशतले खाना पकाउँदा काठ/दाउरा र गुइँठा/गोरहाको प्रयोग गर्ने गरेको देखिन्छ । 

वायु प्रदुषण बढाउने प्रमुख कारणमा सावरी साधन र डढेलोलाई देखाइन्छ । यसै कारण यिनकै बारेमा बढी बहस हुनेगर्छ । तर काठ/दाउरा र गुइँठा/गोरहाको प्रयोगलाई भने खासै वास्ता गरिँदैन । 

काठ/दाउरा र गुइँठा/गोरहाको प्रयोग मानव स्वास्थ्यका लागि कति घातक हुन्छ र वायु प्रदुषण बढाउन यसले कति भूमिका खेलेको हुन्छ भन्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अध्ययनले देखाउँछ ।  डब्लुएचओका अनुसार नेपालमा बार्षिक ४२ हजार जनसंख्याको मृत्युको प्रत्यक्ष कारण वायु प्रदूषण हो । जसमा बाहिरी वायुमण्डलमा भएको प्रदूषण र घर भित्रको धुवाँ दुबैको उत्तिकै भूमिका हुन्छ । 

डब्लुएचओका अनुसार ३० प्रतिशत मानिस घरभित्र हुने वायु प्रदूषणको जोखिममा छन् । नेपालमा विशेषगरी दाउरा, गुइँठा, मट्टितेल, कोइलाजस्ता स्रोतहरुबाट निस्कने धुवाँ अति घातक हुने गरेको छन् । 

डब्लुएचओका अनुसार नेपालमा बार्षिक २४ हजार जनसंख्याको मृत्युको कारण घरेलु वायु प्रदूषण हो अर्थात् काठ/दाउरा र गुइँठा/गोरहाको प्रयोग । 

राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क अनुसार नेपालका सात प्रदेशमध्ये सबैभन्दा बढी दाउराको प्रयोग कर्णाली प्रदेशमा ८२.२२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७०.२८ प्रतिशतले गरेको देखिन्छ । सबैभन्दा कम दाउराको प्रयोग वाग्मती प्रदेशमा २८.९५ प्रतिशतले गर्ने गर्छन् । 

दाउराको प्रयोग कोशी प्रदेशका ५३.३८ प्रतिशतले, मधेश प्रदेशका ५८.६१ प्रतिशतले, गण्डकी प्रदेशका ४७.१४ प्रतिशतले र लुम्बिनी प्रदेशका ५३.६८ प्रदेशले गर्ने राष्ट्रिय जनगणना २०७८ ले देखाउँछ । 

राष्ट्रिय जनगणना २०७८ जनसांख्यिक सूचकमा उल्लेख भए अनुसार नेपालमा खाना पकाउँदा मट्टीतेलको प्रयोग गर्नेमा कोशी प्रदेशका ४१.१८ प्रतिशत, मधेस प्रदेशका २८.७१ प्रतिशत, वाग्मती प्रदेशका ६९.७९ प्रतिशत, गण्डकी प्रदेशका ५१.५४ प्रतिशत, लुम्बिनी प्रदेशका ४२.२१ प्रतिशत, कर्णाली प्रदेशका १६.८६ प्रतिशत र सुदूरपश्चिम प्रदेशका २५.८४ प्रतिशत छन् । 

यस्तै, खाना पकाउँदा एलपी ग्यासको प्रयोग गर्नेमा कोशी प्रदेशका ०.५२ प्रतिशत, मधेस प्रदेशका ०.८२ प्रतिशत, बागमती प्रदेशका ०.५७ प्रतिशत, गण्डकी प्रदेशका ०.२१ प्रतिशत, लुम्बिनी प्रदेशका ०.४१ प्रतिशत, कर्णाली प्रदेशका ०.१० प्रतिशत र सुदूपश्चिम प्रदेशका ०.२८ प्रतिशत छन् ।

खाना पकाउँदा गुइँठा/गोरहाको प्रयोग गर्नेमा कोशी प्रदेशका ३.३८ प्रतिशत, मधेस प्रदेशका १०.९२ प्रतिशत, बागती प्रदेशका ०.०१ प्रतिशत, गण्डकी प्रदेशका ०.०३ प्रतिशत, लुम्बिनी प्रदेशका २.०८ प्रतिशत, कर्णाली प्रदेशका ०.१४ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ०.०८ प्रतिशत छन् ।

बायोग्यास प्रयोग गरी खाना पकाउनेको संख्या कोशी प्रदेशमा १.३२ प्रतिशत, मधेस प्रदेशमा ०.७१ प्रतिशत, बागमती प्रदेशमा ०.६० प्रतिशत, गण्डकी प्रदेशमा ०.९९ प्रतिशत, लुम्बिनी प्रदेशमा १.५१ प्रतिशत, कर्णाली प्रदेशमा ०.४४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३.४२ प्रतिशत छ । 

कर्णाली प्रदेशको कुल जनसंख्याको ०.१८ प्रतिशतले खाना पकाउँदा विजुलीको प्रयोग गर्ने गरेको राष्ट्रिय जनगणना २०७८ जनसांख्यिक सूचकमा उल्लेख गरिएको छ । 

कोशी पदेशका ०.०४ प्रतिशत, मधेस प्रदेशका ०.०३ प्रतिशत, बागमती प्रदेशका ०.०५ प्रतिशत, गण्डकी प्रदेशका ०.०५ प्रतिशत, लुम्बिनी प्रदेशका ०.०५ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ०.०४ प्रतिशतले खाना पकाउँदा बिजुलीको प्रयोग गर्ने गरेका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement