site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीपको मुद्दासँग जोडेर आरोप लागेपछि पारसले भने– कानुनी दायरामा ल्याउँछु
फाइल तस्बिर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो चरित्र हत्या गर्नेलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा सन्दीप लामिछानेको मुद्दासँग जोडेर विभिन्न आरोपहरू लगाएको विषयमा खड्काले आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।

Dabur Nepal
NIC Asia

"पछिल्लो केही समययता सामाजिक सञ्जालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ," बुधबार साँझ सामाजिक सञ्जाललमा उनले लेखेका छन् ।

उनले नेपाली क्रिकेटप्रतिको आफ्नो 'निस्वार्थ भावना' र यसको विकास, विस्तारप्रतिको अठोटमा कदापि पनि परिवर्तन नआउने समेत स्पष्ट पारेका छन् ।

के भन्छन् पारस ?

नेपालको कानुनले कसैलाई पनि बिनाप्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन । नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुला राखेको छ । 

नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषत: सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रस्ट हुँदै जाने नै छ । यो सबैका बीच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु । 

अन्त्यमा नेपाली क्रिकेटप्रतिको मेरो निस्वार्थ भावना र यसको विकास, विस्तारप्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने समेत सम्पूर्णका बीच संकल्प गर्दछु ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro