देश
काठमाडौं । काठमाडौंको गोंगबुस्थित होटेलमा एक महिलाको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका–२ घर भई काठमाडौंको बाँसबारीमा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ ।
गएको शुक्रबार एक होटेलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो । भण्डारी काठमाडौंकै चन्द्रागिरि नगरपालिका–१५ का अनित कार्कीसँग उक्त होटेलमा बसेको खुलेको छ । अनित कोठाभित्र रहेकै अवस्थामा बाथरुममा झुन्डिएको अवस्थामा भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक महिलाका परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । भण्डारी विवाहित महिला भएको खुलेको छ । कार्की अविवाहित युवक हुन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१ १३:३१
प्रतिक्रिया दिनुहोस्