site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शंकामै अल्झियो अनुसन्धान, हत्यापछि भएको थियो बलात्कार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको ९ महिना पूरा भएको छ । तर, अहिलेसम्म पनि हत्याराको पहिचान हुन सकेको छैन । 
गत साउन १० गते घरबाट निस्किएकी निर्मला साउन ११ गते मृत अवस्थामा घरनजिकैको उखुबारीमा भेटिइन् । उनको बलात्कारपछि हत्या भएको पुष्टि भयो । प्रहरी अधिकारीकै बुझाइमा निर्मला हत्याकाण्ड पछिल्लो एक दशककै जटिल प्रकारको घटना हो । अझ बलात्कारका घटनामा डीएनए परीक्षण गरिएको पनि पहिलो घटना ।

कतिपय अधिकारी भन्छन्, ‘‘यो घटनामा डीएनए परीक्षण गर्न खोज्नु नै ठूलो गल्ती भयो । बयानलाई आधार मान्ने हो भने मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका दीलिप विष्ट नै पुष्टि हुने थियो ।’’ तर विज्ञानले नै प्रमाणित गरेको डीएनएलाई आधार मानेपछि त्यसलाई मान्दिन भन्ने हैसियत जस्तोसुकै अनुसन्धानले पनि राख्न सक्दैन । त्यसैले गत भदौ ४ गते सार्वजनिक गरिएका दीलिपसिंह विष्ट डीएनए नमिल्दा छुटे । निर्मला हत्याकाण्डपछि प्रदर्शनमा क्रममा एकजनाले ज्यान गुमाए । एकजना अझै अचेत अवस्थामा उपचाररत छन् । अनुसन्धानका क्रममा प्रहरी लापरवाही गरिएको भन्दै तत्कालीन अधिकारी वर्खास्तीदेखि निलम्बनमा छन् । अनुसन्धानको क्षेत्रमा अब्बल मानिएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले घटनाको अनुसन्धान गरिरहेको छ । फरक–फरक समयमा फरक–फरक तथ्य आउने गरेका छन् । तर हत्याराको पहिचान फेरि पनि हुन सकेको छैन ।

सुरुदेखि नै शंकै–शंकाका प्रश्नबीच रहेको निर्मला हत्याकाण्डमा अझै पनि प्रश्नहरु उठ्ने क्रम जारी छ । यो बीचमा बाह्रखरीको टिम पटक–पटक स्थलगत अध्ययनका लागि कञ्चनपुर पुगेको छ । अहिले पनि प्रश्न र आशंका उस्तै छन् । तर प्रहरी र जनताबीचको सम्बन्ध सुधारिने क्रममा छ । अनुुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘‘विगतमा प्रहरीबाट भएका केही कमजोरीका कारण जनताले सहयोग नै नगर्ने अवस्था थियो । तर अहिले जनताले आफूसँग रहेका सूचना दिन थालेका छन् । काम गर्न सहज भएको छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

बीचको त्यो समय
निर्मलाकी साथी रोशनी बमका अनुसार नोटबुक लिन निर्मला उनको घरबाट दिउँसो २ बजे आसपासको समयमा निस्किएकी थिइन् । उनको घरमा निस्किएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिइन ्। तर साउन ९ गते साँझ नै केही महिलाले घास काट्न जाने क्रममा उखुबारीकै खोलाछेउमा ४ बजेतिर साइकल देखेको बयान दिएका छन् । उनीहरुको बयानलाई आधार मान्ने हो भने ४ बजे साइकल देखिएको अवस्थामा घटना घटिसकेको अनुमान गर्न सकिन्छ । निर्मला साथीको घरबाट निस्किएपछि पानी परेको थियो । पानी परेको अवस्थामा निर्मला कतै कसैको घरमा आश्रय लिन गइन् कि भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

तर प्रहरी अनुसन्धान टोलीले उखुबारी नै घटनास्थल भएको निष्कर्ष निकालेका छन् । तर घटना कसरी घटेको हुनसक्छ ? यो प्रश्न जटिल छ । उखुबारीमै निर्मलाको बलात्कारपछि हत्या भएको थियो कि हत्यापछि बलात्कार भएको थियो ? अनुसन्धान यसतर्फ पनि केन्द्रित छ । बाह्रखरीलाई प्राप्त केही तस्बिर, भिडियो तथा प्रहरी अधिकारीको भनाइलाई आधार मान्ने हो निर्मलाको शरीरमा कुनै प्रकारको चोटपटक देखिँदैन भने लुगा पनि च्यातिएको छैन । तर यौनाङ्ग च्यातिएको छ । एक प्रहरी अधिकारी भन्छन्, ‘‘यहि त अन्तिम सत्य होइन तर शरीरमा चोटपटक छैन । जवरजस्ती गर्न खोज्दा लुगाहरु च्यातिने, चोटपटक लाग्ने अवस्था पनि रहन्छ । कतै पहिले नै हत्या गरेर त्यसपछि बलात्कार त गरिएन ?’’ 

Global Ime bank

साउन १० गते नै निर्मला हराएको खबर प्रहरीलाई गरिएको अवस्थाले प्रहरी सक्रियता भएको भए अनुसन्धान सहज हुनसक्थ्यो । जस्तो– प्रहरीले सक्रियता बढाएको भए १० गते नै साइकल देखेका महिलाहरुले साइकल देखेको सूचना दिनसक्ने अवस्था भएको भए अनुसन्धान सहज हुनसक्ने अवस्था थियो । तर प्रहरीले सूचना पाउँदा पनि त्यसमा तदारुकता देखाएन । परिणाम निर्मला हत्याकाण्ड प्रहरीकै लागि टाउको दुखाइको विषय बन्न पुग्यो । 

आमाको फेरिएको बयान
प्रहरीले अनुसन्धानका क्रममा एक सयभन्दा बढीको रगत डीएनए परीक्षणका लागि संकलन गरेको छ । सयौंसँग बयान र सोधपुछ पनि गरेको छ । हत्याराको पहिचान हुन सकेको छैन । अनुसन्धानका क्रममा दीलिपसिंह विष्टलगायत केहीले हत्या आफूले गरेको साविति बयान दिएपनि उनीहरुको डीएनए म्याच भएन । प्रहरी टोलीले स्थानीयको लागत संकलनदेखि लिएर हजारौं हल डिटेल हेर्ने, आपराधिक समूहलाई नियन्त्रणमा लिने लगायतका काम गरिसक्दा पनि हत्यारा को हो भन्ने संकेतसम्म प्रहरीले पाउन सकेको छैन ।

तर निर्मलाकी आमाले नै फागुन ३० गते छोरीलाई बलात्कारपछि हत्या गर्ने पुरुष व्यक्ति दीलिपसिंह विष्ट नै भएको बताएपछि प्रकरणले नयाँ मोड लिएको छ । निर्मलाकी आमाले दीलिप नै हत्यारा हुनसक्ने आशंका व्यक्त गरेपनि प्रहरीले त्यसैलाई आधार मान्नसक्ने अवस्था भने छैन । 

देशदेखि विदेशसम्म नजर
अनुसन्धान पेचिलो बन्दै गएको छ । यसबीचमा प्रहरीले देशदेखि विदेशमा भएकामाथि पनि निगरानी बढाएको छ । पछिल्लो समय प्रहरीले आसपासका सबै वडाका घरका सदस्यको विवरण संकलन गरेको थियो । विवरणमा खासगरी साउन १० गतेको समयमा त्यो घरका सदस्य कहाँ थिए, उनीहरुको पृष्ठभूमि के हो, अहिले कहाँ छन् भन्ने कुरा पनि केलाइएका छन् ।

हत्यापछि कैयौं रोजगारीको सिलसिलामा भारत गएका छन् भने कोही वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन् । अहिले प्रहरीले त्यो पाटोलाई पनि हेरिरहेको छ । ‘‘यसमा केही शंकास्पद  र आपराधिक पृष्ठभूमिका व्यक्तिहरु पनि छन् । नेपाल बाहिर गएकाहरुलाई हामीले सोधपुछ गर्नसक्ने अवस्था छैन । त्यसैले केही गाह्रो भएको छ,” एक प्रहरी अधिकारीले भने ।

स्केच बनाउँदै प्रहरी
प्रहरीले कसैले दिएको शंकास्पद व्यक्तिको बयानमा आधारमा पूरा विवरण नजानेको अवस्थामा शंकास्पद व्यक्तिको स्केचसमेत बनाउन थालेको छ । स्केच बनाउने टोली कञ्चनपुरमै कार्यरत छ । स्थानीयले शंकास्पद व्यक्ति हुनसक्ने भन्दै अपिीचितको बारेमा दिएको बयानका आधारमा स्केच बनाइने गरेको छ । 

घटना चिनजानकै व्यक्तिबाट हुनसक्ने 
निर्मला बलात्कार–हत्यामा चिनजानकै व्यक्तिको संलग्नता हुनसक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीले गरेका छन् । एक अधिकारीले भने, ‘‘चिनजानकै वा मानसिक अवस्था कमजोर भएको व्यक्तिले घटना गराएको हुनसक्ने सम्भावना छ । नेपालमा भएका कैयौं घटनामा नजिकैका आफन्त वा चिनजानकै व्यक्तिको संलग्नता पाइएको छ । हामी सबै पक्षबाट हेरिरहेका छौं ।’’

अनुसन्धानमा संलग्न प्रहरी टोलीले उपलब्ध स्रोत साधनको प्रयोग गरेपनि ‘म्यानुअल’ पद्धतिमै अनुसन्धान गर्नुपर्ने बाध्यता छ । प्रहरी प्रधान कार्यालयकै तथ्याङ्क केलाउने हो भनेपनि अधिकांश बलात्कारका घटनामा चिनजान वा आफन्तकै संलग्नता खुलेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC