site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
श्रीलंकामा आतंक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

श्रीलंकाली समाज र सरकारका लागि आतंकवाद नयाँ नभए पनि गत आइतबारका बम विस्फोटका घटनाले झसंग बनाएको हुनुपर्छ । विशेषगरी  चर्चहरूमा गराइएको नियोजित विस्फोटबाट अहिलेसम्म २९० जनाको ज्यान गएको सार्वजनिक भइसकेको छ । भौतिक, सांस्कृतिक र सामाजिक क्षतिको त अनुमानै पनि सायद गर्न सकिँदैन । श्रीलंकामा भएको आतंककारी घटनाको निन्दा संसारभर गरिएको छ । नेपालका प्रधानमन्त्रीले पनि श्रीलंकाली समकक्षीलाई टेलिफोन गरेर समवेदना प्रकट गरेका छन् । राजधानी कोलम्बोस्थित चर्च र होटलमा गरी आइतबार ८ वटा विस्फोट भएका थिए । घटनामा संलग्न भएको सन्देहमा २४ जनालाई श्रीलंकाली नागरिकलाई पक्राउ गरिएको छ । यस्ता आतंककारी घटनामा प्रायः छिटै नै जिम्मेवारी दाबी गरिन्थ्यो । तर, कोलम्बो विस्फोटको घटनाको दाबी भने अहिलेसम्म कसैले गरेको छैन । विस्फोटपछि राजधानीमा कर्फ्यु लगाइएको छ भने सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ ।

एलटीटीईको हिंसात्मक विद्रोहलाई सैनिक प्रयोग गरेर दमन गरिएपछि श्रीलंका अपेक्षाकृत शान्त रहिआएको थियो । अर्थतन्त्रले गति लिन लागेको थियो भने लोकतन्त्र पनि सुदृढ हुँदैथियो । तमिल विद्रोह दमनमा संलग्नहरूमाथि मानवीयताविरुद्धको अपराधमा मुद्दा चलाउनु पर्ने माग अन्तर्राष्ट्रिय समुदायले गर्दै आए पनि शक्तिशाली छिमेकीहरू भारत र चीनले काँध थापेका कारण श्रीलंका सरकारले अन्तर्राष्ट्रिय मानवअधिकार समुदायको माग बेवास्ता गर्दैआएको हो । यस्तैमा आतंकको नयाँ शृंखला सुरु भएको छ । यस्ता आततायी आतंककारी घटना मानव समुदायलाई तर्साउनका लागि गर्ने गरिन्छ । यसपटक भने आतंककारीले अहिलेसम्म घटनामा संलग्नताको दाबी नै गरेका छैनन् । यद्यपि, इसाई समुदायको पर्व इस्टरको अवसर पारेर चर्चहरूमा र पश्चिमी पर्यटक बस्ने होटेलहरूमा बम विस्फोट गराइएकाले त्यसमा कट्टरपन्थीहरूको संलग्नता रहेको अनुमानसम्म गर्न सकिन्छ । 

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र प्रधानमन्त्री विक्रम रनसिंघेबीच केही समयदेखि सम्बन्ध राम्रो रहेको छैन । राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमासिंघेलाई सन् २०१८ को अक्टोबरमा अपदस्थ गरेपछि सुरु भएको संवैधानिक संकट डिसेम्बरमा श्रीलंकाको सर्वोच्च अदालतले प्रधानमन्त्रीका पक्षमा दिएको निर्णयपछि समाधान त भयो । परन्तु, त्यसले श्रीलंकाको राजनीतिलाई नराम्रो झड्का लागेको छ । अहिलेको संकटलाई यी दुई प्रतिस्पर्धीहरूले एक अर्काविरुद्ध प्रयोग गर्न खोजे भने त्यो अर्को दुर्भाग्य हुनेछ । यद्यपि, संकटको सामना गर्न सिंगो श्रीलंका एकताबद्ध भएर अगाडि बढ्ने सम्भावना पनि उत्तिकै प्रबल छ । प्रधानमन्त्री विक्रमासिंघेले आतंककारी घटनाको पूर्व सूचना पाए पनि आफूलाई जानकारी नदिएकोमा सार्वजनिकरूपमै असन्तुष्टि प्रकट गरिसकेका छन् । राष्ट्रपतिलाई केही थप अधिकार दिइएका कारण श्रीलंकाको शासन पद्धतिलाई संसदीय र अध्यक्षात्मक दुवै प्रणालीको सम्मिश्रण भन्न सकिन्छ । जनताका अधिकार कटौती गर्न सरकारलाई उक्साउन सके आतंककारी सफल हुन्छन् भने सरकारको संयम र सुझबुझले आतंककारी घटनालाई प्रभावहीन बनाउँछ । समाजलाई आतंकित हुन र सरकारलाई लोकतान्त्रिक अधिकार हनन गर्नबाट रोक्नु आतंकवाद परास्त गर्ने पहिलो कदम हो । आतंकको झिल्का फेरि देखिँदा समाजमा कति त्रस्त हुन्छ भन्ने त नेपाली पनि भुक्तभोगी नै हौँ । यसैले कामना गरौँ – श्रीलंकाली जनता र सरकार आतंककारीको उद्देश्य विफल बनाउन सफल होऊन् ! यस घडीमा  नेपाली जनता श्रीलंकाका साथमा छन् ।  आतंककारी घटनाबाट पीडित श्रीलंकाली नागरिकप्रति हार्दिक समवेदना !   

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC