काठमाडौं । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देश भरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । आज रातिपनि देश भर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् विभूति पोखरेलले बाह्रखरीसँग आइतबार कुरा गर्दै भनिन्, “सतर्क हुनुपर्ने अवस्था छ । तर धेरै आत्तिनु भने पर्दैन ।” उनले गएको शुक्रबार अपराह्न पनि राजधानीका विभिन्न भागमा रुख ढल्ने अवस्था समेत उत्पन्न भएको बताउँदै त्यस खालको अवस्था आज पनि आउन सक्ने भएकोले सतर्क हुनु जरुरी रहेको बताइन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि दिउँसो पनि देश भरी आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी र मध्य भूभागका केही स्थानमा तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति देश भरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । आउँदो मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी र मध्य भू–भागका केही स्थान तथा पश्चिमी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी मंगलबार राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाको छ । महाशाखाले जारी गरेको तीन दिने मौसम पूर्वानुमान सम्बन्धी बुलेटिनमा तीनैदिन हावाहुरी र चटयाङको सम्भावना औंल्याइएको छ ।