site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पलाई क्लिन चिट, भन्छन्—खेल खत्तम
Sarbottam CementSarbottam Cement

वाशिङटन । रुसले २०१६को राष्ट्रपति चुनावको बेलामा डोनाल्ड ट्रम्पसँग साँठगाँठ गरेको थियो कि थिएन भन्ने बारेमा जाँचबुझ समितिले तयार पारेको रिपोर्ट बिहीबार सार्वजनिक गरिएको छ । रिपोर्टमा राष्ट्रपति ट्रम्पले सो जाँच गर्ने विशेष वकिल रबर्ट मुलरलाई हटाउने प्रयास गरेको भने खुलासा भएको छ । 

४४८ पानाको सो रिपोर्टमा रुससँगको उनको साँठगाँठको प्रसंगलाई ‘क्लिन चिट’ दिइएको छ । । विहीबार ह्वाइट हाउसले सो रिपोर्टको मुख्य भाग सार्वजनिक गरेको थियो । ट्रम्पको कानुनी टोलीले सो रिपोर्टलाई आफ्नो विजय भएको बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका छन्,‘‘कुनै साँठगाँठ छैन, कुनै बाधा छैन । खेल खत्तम ।’’ विशेष वकिल मुलरले दुईवर्ष लगाएर यो रिपोर्ट तयार पारेका हुन् । प्रमुख विपक्षी डेमोक्र्याटले भने पुरै रिपोर्ट सार्वजनिक भएपछि मुलरलाई संसदमा प्रस्तुत हुन आग्रह गरेको छ । रिपोर्टमा मुलरलाई हटाउनका लागि ट्रम्पले २०१७मा ह्वाइट हाउसका पूर्व वकिल डान क्याक्कनसँग सम्पर्क गरेको कुरा उल्लेख छ । 

ट्रम्पले छानबिन समितिसँग अपशब्द बोलेको कुरा समेत प्रतिवेदनमा जनाइएको छ । (बीबीसी)

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC