site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फोर जी विस्तारका लागि साइट सर्भेको काम ६५ प्रतिशत सकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीव्रता दिएको छ । 

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीव्रता दिइएको जानकारी दिएकी हुन् । बिहीबार काठमाडौंमा आयोजित 'सञ्‍चारकर्मीहरुसँगको अन्तरक्रिया' कार्यक्रममा बोल्दै उनले फोर जी सेवा विस्तारका लागि साइट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको पनि बताइन् । 

नेपाल टेलिकमले १२ महिनामा सम्पन्न हुने गरी सबै प्रदेशमा फोर जी सेवा सञ्‍चालन गर्ने सम्झौता गत माघ २० गते गरेको थियो । सोही सम्झौता अनुसार सबै प्रदेशमा साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको प्रवक्ता वैद्यले बताइन् । उनले फोरजी सेवा विस्तारका लागि आवश्यक उपकरणहरु भित्र्याउने काम सुरू गरिएको र त्यसको जडानको काम अर्को हप्ताबाट सुरु गर्ने पनि बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल टेलिकमले सबै प्रदेशमा फोर जी सेवा विस्तारका लागि चीनको जी कम्पनी र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता गरेको थियो ।

प्रवक्ता वैद्यले १ करोड लाईन मोबाईल आयोजना अन्तरगत समस्या देखिएको ठाउँमा ग्राहकको माग अनुसार मोबाईल टावर थप गर्ने कामलाई पनि निरन्तरता दिइएको बताइन् । नेपाल टेलिकमले सो आयोजना अर्न्तगत मोबाइल टावर थप गर्ने काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको पनि जनाएको छ ।

Global Ime bank

टेलिकमको डाटा सबैभन्दा राम्रो र गुणस्तरमा सुधार 

नेपाल टेलिकमले टेलिकमको डाटा प्याकको गुणस्तर सबैभन्दा राम्रो र सुधार भएको बताएको छ । 

टेलिकमको दायित्व व्यवसाय मात्र नभएर सेवा दिनु भएकाले मोवाईल र इन्टरनेट सेवालाई जनता सम्म पुर्याउन फोर्जी सेवा बिस्तार लाई जोड दिएको बताउँदै उनले छोटो समयमै फोर्जी सेवालाई बिस्तार गर्न इन्फाइस्टक्चर खरिद गरेको समेत जानकारी दिए ।

फोर्जी आयोजनालाई पुर्वाधारसहति प्याकेज गरिएको हुनाले कार्यक्रम लामो हुन गएको उनको भनाई थियो । 

आयोजनासंग समयानुसारको लेटेस्ट भर्सन उपकरण दिने भनी सम्झौता भएकाले प्रयोग ढिला भए पनि उपकरण नयाँ हुने र बजारमा छिटोपुगी ब्यापकता पाउने उनले बताए । 

प्राधिकरणले प्रदेश नम्बर १,२ र ३ को लागि फोर जी सेवा विस्तारका लागि  मध्यपहाडी लोकमार्गलाई जिम्मा दिएकाले ९ महिना भित्रमा नै काम गरिसक्ने उनले दाबी गरेका छन् । 

हाल फोर जी प्रयोग भए पनि बजार र माग अनुसार २ र ३ जी नै बढी प्रयोग भएको बताएका उनले २०२५ सम्ममा फोर्जीबाट लाभ लिइसक्नु पर्नेमा जोड दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC