site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारी प्रतिवेदन भन्छ- २५ प्रतिशतले बढ्यो अपराध, प्रहरी भन्छ- दुर्घटना र प्राकृतिक विपद्लाई कसरी अपराध मान्ने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  आर्थिक वर्ष २०७३–०७४ को तुलनामा ०७४–०७५ मा अपराधमा २५ प्रतिशतले वृद्धि भएको एक सरकारी तथ्यांकले देखाएको छ । महालेखा परीक्षकको ५६ औं प्रतिवेदनअनुसार २५ प्रतिशतले अपराधमा वृद्धि भएको पाइएको हो । 

तथ्यांक अनुसार गतवर्ष संगठित तथा आर्थिक अपराध २९.५८ प्रतिशत, सामाजिक अपराध ४०.८९ प्रतिशत, महिला तथा बालबालिकासम्बन्धी अपराध ३३.४५ प्रतिशतले बढेका छन् । दर्ता भएका मुद्दाहरुको फछ्र्यौट दर ३५ प्रतिशत छ । 

महालेखाले पछिल्ला चार वर्षको अपराधको तुलनासमेत गरेको छ । आर्थिक वर्ष ०७१–०७२ मा ज्यानसम्बन्धी चार हजार छ सय ८७ अपराधका घटना हुँदा ०७२–०७३ मा त्यो संख्या बढेर पाँच हजार ३ सय ६७ पुगेको छ । ०७३–०७४ मा पाँच हजार नौ सय आठ ज्यानसम्बन्धी अपराधका मुद्दा दायर हुँदा ०७४–०७५ मा छ हजार चार सय पाँच घटना भए । यस्तै आत्महत्याको दर पनि बढ्दो क्रममा पाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

०७१–०७२ देखि ०७४–०७५ सम्म पुग्दा क्रमशः चार हजार पाँच सय चार, चार हजार छ सय ८०, पाँच हजार एक सय २४ र पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका छन् । 
पछिल्ला तथ्यांक केलाउने हो भने आत्महत्या गर्ने संख्या बढ्दो देखिन्छ । आर्थिक वर्ष ०७१–०७२ मा तीन हजार दुई आर्थिक अपराधका मुद्दा दायर हुँदा ०७२–०७३ मा तीन हजार सात सय २३, ०७३–०७४ मा तीन हजार पाँच सय ९३ र ०७४–०७५ मा चार हजार छ सय ४६ आर्थिक र संगठित अपराधका घटना भएका छन् । 

पछिल्ला चार वर्षमा चोरी पनि बढ्दो क्रममा देखिएको छ । ०७१–०७२ देखि ०७४–०७५ सम्म हेर्दा क्रमशः एक हजार एक सय २८, एक हजार पाँच सय ७८, एक हजार ६ सय २७ र एक हजार छ सय २८ चोरीसम्बन्धी अपराध भएका छन् । 

Global Ime bank

यही अवधीमा महिला तथा बालबालिकासम्बन्धी अपराधको ग्राफ पनि बढेको छ । ०७१–०७२ मा महिला तथा बालबालिका सम्बन्धी दुई हजार १६ मुद्दा दर्ता भएका थिए भने ०७२–०७३ मा दई हजार दुई सय ९५, ०७३–०७४ मा दुई हजार चार सय ३९ र ०७४–०७५ मा तीन हजार दुई सय ५५ मुद्दा दर्ता भएका छन् । सबैभन्दा डरलाग्दो रुपमा सामाजिक अपराध देखिएको छ । ०७१–०७२ देखि ०७४–०७५ सम्म आइपुग्दा क्रमशः सामाजिक अपराधको संख्या दश हजार एक सय ३३, आठ हजार छ सय ८९, दश हजार दुई सय ५६ र चौध हजार चार सय ५० मुद्दा दर्ता भएको देखिन्छ ।

सवारी दुर्घटना पनि बढेको पाइएको छ । पछिल्ला चार वर्ष (०७१–०७४) मा क्रकशः एक हजार चार सय ४१, एक हजार आठ सय २०, दुई हजार एक सय ५० र तीन हजार दुई सय ५५ सवारीसम्बन्धी अपराध भएको पाइएको छ ।

समग्रमा ०७१–०७२ मा २७ हजार तीन सय ८६ विभिन्न प्रकृतीका अपराधका मुद्दा दायर हुँदा ०७२–०७३ मा २८ हजार पाँच सय ६३, ०७३–०७४ मा ३१ हजार चार सय ६२ र ०७४–०७५ मा ३९ हजार तीन सय १५ विभिन्न प्रकृतीका अपराधका घटना र मुद्दा दायर भएका छन् । 

पछिल्लो तीन वर्षमा अपराधको प्रतिशत ४.३०, १०.८० र २४.९६ प्रतिशतले वृद्धि भएको महालेखाको तथ्यांकमा उल्लेख छ । 

नेपाल प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले भने, ‘‘आत्महत्या, दुर्घटना र प्राकृतिक विपद्लाई कसरी अपराध मान्ने ?’’ सुवेदीले अपराध न्युनीकरणमा प्रहरी सफल हुँदै गएको दाबी गरे । उनले थपे, ‘‘प्रहरी सक्रियता बढेकाले अपराधका घटना उजागर भएका हुन् । अपराध नियन्त्रण र न्यूनीकरणमा हामी सफल भएका छौं ।’’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC