site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल सुन्दर छ ! (तस्बिरकथा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । हामीकहाँ लौकिक कहावत् छ– ‘आफू नमरी स्वर्ग देख्न पाइँदैन ।’ यो मिथलाई विस्थापित गर्छ– नेपालको खप्तड क्षेत्रले । खप्तड क्षेत्र नै यस्तो वैशिष्ट्य भूमि हो जसले काल्पनिक स्वर्गको तृष्णालाई मेटाइदिन्छ ।

“सेती अञ्चलको भूस्वर्ग खप्तड पुगिएन भने जीवनको सार्थकता रहँदैन,” खप्तडको सौन्दर्यछटा र चित्ताकर्षक पर्यावरणलाई यसरी चित्रित गर्छन्, फोटो पत्रकार आरके अदीप्त गिरि ।

बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम र आदिम धाम  खप्तड क्षेत्र कुचीकारले क्यानभासमा उतारेको सुन्दर दृष्यछटाजस्तो छ ।

Prabhu Bank
Agni Group
NIC Asia

२२५ वर्ग किलोमिटरमा फैलिएको खप्तडको पाटनमा वर्षेनी जेठमा ‘क्याराभान’ चल्छ । आरके थप्छन्, “खप्तड क्षेत्रमा दशहरा गंगामा विशाल घोडादौड प्रतिस्पर्धा हुन्छ, यसले महाभारत धर्मग्रन्थमा वर्णित दृष्यलाई छायामा पार्छ ।”

\"\"

Global Ime bank

काठमाडौंले निकै धामा गरेर देख्न पाउने दृष्यलाई आरकेले क्यामेरामा सादृष्य उतारेका छन् । र, शुक्रबारदेखि नेपाल कला परिषद्को सिरानको तलामा जारी ‘नेपाल सुन्दर छ’ तस्बिर प्रदर्शनीको विशेष आकर्षण बनेको छ ।

गैर नाफामूलक संस्था ‘देशलाई हाम्रो खाँचो छ’ ले आयोजना गरेको प्रर्दशनीमा १०१ तस्बिर छन् । 

० ० ०

मैथिली सभ्यता तराई–मधेसका मानक सभ्यता हो । काठमाडौंका प्रदर्शनीमा विरलै ठाउँ पाउने गर्छ । यस्तो लाग्छ–काठमाडौं र मिथिला सभ्यताको बीचमा नजानिँदो दूरी छ ।  तर, यो दूरीलाई धेरै हदसम्म मेटाउने काम गरेको छ– ‘नेपाल सुन्दर छ’ तस्बिर प्रदर्शनीले ।

\"\"

सेतुको काम गरेका छन्–  अजय रानाभाटले ।

मुखभागमा उभिइरहेको रामजानकी मन्दिर र अग्रभागमा छिरलिएका दृष्यहरू मैथिली सभ्यताको जिउँदो तस्बिर बन्न पुगेको छ । 

सोमबारसम्म चल्ने प्रदर्शनीमा २९ जना फोटोग्राफरका तस्बिर समाविष्ट छन् । मूलधारमा रहेर फोटोपत्रकारिता गर्नेदेखि मोफसलमा रहेर कला–साधना गर्नेहरूसम्मका तस्बिरले उत्तिकै महत्त्व पाएका छन् ।

“सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन हामीले तस्बिर प्रदर्शनी गरेका हौँ,” संस्थाकी कोषाध्यक्ष विनीता ओलीले जानकारी दिइन् ।

प्रदर्शनीमा संस्कृति, जीवनशैली, रहनसहन, प्रकृति, पर्यावरणलागयत विविध विधाका चित्र समावृष्ट छन् । यी सबै देशको छायाँछवि बन्न पुगेको आयोजकको दाबी छ ।

दोस्रो संस्करणको यो चित्र प्रदर्शनीले नेपाल सुन्दर भएको र पटकपटक हेरेर पनि धित नमर्ने सन्देश दिने ओलीको भनाइ छ ।

\"\"
   नवराज राउतले खिचेको पाटन दरबार क्षेत्र ।

\"\"अजय रानाभाटले खिचेको तिलिचो ताल ।

\"\"

चेतन ओलीले यात्रा शीर्षकमा कैद गरेको तस्बिर ।

\"\"

विषोका मुल्मीले खिचेको भक्तपुरको जिब्रो छेड्ने जात्रा ।

\"\"

आरके अदीप्त गिरिले खिचेको बाग्लुङको सोरठ्ठी नृत्य ।

\"\"

सुनीलमान स्थापितले कैद गरेको ल्याण्डस्केप ।

\"\"

सुशील श्रेष्ठले कैद गरेको वन्यजन्तु ।

\"\"

यज्ञलाल ज्ञवालीले कैद गरेको पाल्पाको रानीमहल ।

\"\"

प्रवीण रानाभाटले कैद गरेको नुवाकोट तारुकाको, गोरुजुधाइ ।

\"\"

अजय महर्जनले खिचेको संस्कृति ।

\"\"

अजय महर्जनले खिचेको संस्कृति ।

\"\"

सुशील श्रेष्ठले खिचेको चिडियाघरको रेड पान्डा ।

\"\"

विषोका मुल्मीले खिचेको तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC