site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ज्ञानेन्द्र शाहको पछुवा गाडीको ठक्करबाट मोरङमा एकजनाको मृत्यु, १७ घण्टासम्म लुकाइयो घटना 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको गाडीको ठक्करबाट मोरङमा एकजनाको मृत्यु भएको छ ।  बुधबार राति सुन्दरहरैंचामा मोटरसाइकललाई ठक्कर दिने गाडी पूर्वराजाको सुरक्षामा खटिएको भएको पुष्टि भएको छ । पूर्वराजालाई काठमाडौं जान विराटनगर विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई मोरङको सुन्दरहरैंचा ४ मा ७ बजे ठक्कर दिएको थियो । घटनामा मोटरसाइकल चालक इटहरी उप–महानगरपालिका ८ बस्ने हेम चौधरीको मृत्यु भएको हो । 
मोटरसाइकलमा सावार वर्ष २१ का प्रकाश चौधरी घाइते छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । हेमको उपारको क्रममा अस्पतालमा साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । 
कार र चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले प्रहरी नियन्त्रणमा लिएको छ । पूर्वराजाको सुरक्षाका लागि खटिएको सो गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए । गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  ०५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC